Logo

२०८३, श्रावण २७गते


images
images

शिक्षा

कक्षा ११-१२ दिवा सत्रमा संचालन गर्दा हुने ७ समस्यासहित इप्साको ध्यानाकर्षण पत्र

कक्षा ११-१२ दिवा सत्रमा संचालन गर्दा हुने ७ समस्यासहित इप्साको ध्यानाकर्षण पत्र

images
  • कक्षा ११-१२ दिवा सत्रमा संचालन गर्दा हुने ७ समस्यासहित इप्साको ध्यानाकर्षण पत्र
    images
    images

    देवदह । पूर्वी क्षेत्र निजी विद्यालय एशोसियन (इप्सा) ले  कक्षा ११ र १२ बिहानी सत्रमा समेत संचालन गर्न पाउनुपर्ने माग राखेका छन् । मंगलबार देवदह नगरपालिका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउँदै इप्साका प्रतिनिधिले नगरपालिकाको निर्णयले विद्यार्थी देवदहबाट बाहिर गएको र त्यसले यहाँको अर्थतन्त्र नै समस्यामा परेको जनाए । 

    images
    images
    images

     नगर प्रमुखलाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, "राज्यले तोकेको सबै मापदण्ड पुरा गरी सञ्चालित निजी विद्यालयहरुको गुणस्तर र योगदानको उच्च मूल्यांकन गर्दै नगरपालिकाले गर्व गर्नु पर्ने हो । तर देवदह नगरपालिकाले नेपालको संविधानको धारा ३१ को शिक्षा सम्बन्धी हक बमोजिम बालबालिकाको पढ्न पाउने अधिकार र धारा ४४ को वस्तु तथा सेवा रोज्ने अधिकार समेतलाई कुन्ठित हुनेगरी प्लस टु सञ्चालित सम्पूर्ण विद्यालयहरु कक्षा ११ र १२ दिवा सत्रमा मात्र सञ्चालन गर्नू भन्ने निर्देशन भएकोले सो निर्देशन विद्यार्थीको नैसर्गिक हकविरुद्ध रहेको, विद्यार्थीहरुलाई आफ्‌नो अनुकूल समयमा पढ्न पाउने अधिकार समेत हनन् हुन गएकोले देवदहमा विद्यार्थी अनुकूल वातावरण बन्न नसक्दा देवदहका अधिकांश विद्यार्थीहरु कक्षा ११ र १२ को शिक्षा आर्जन गर्नको लागि देवदह नगरभन्दा बाहिर बुटवल, तिलोत्तमा लगायतका पालिकाहरुमा अध्ययनका लागि जाँदा यहाँका विद्यालयहरुमा विद्यार्थी संख्या न्यून हुँदै गएको तथा कतिपय विद्यालयका कक्षा ११ र १२ बन्द गर्नुपर्ने अवस्था आएको प्रति गम्भिर ध्यानाकर्षण भएको छ ।"

    images
    images
    images

    इप्साका अध्यक्ष राम बहादुर गुरुङ र सचिव विनोद थापाद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा देवदह नगरपालिकाद्वारा गरिएको निर्णय पुनर्विचार गरी पाठ्यभार अनिवार्य पूरा गर्नुपर्ने सर्तमा बिहान, दिवा वा जुनसुकै समयमा उपयुक्त हुने गरी कक्षा सञ्चालनका लागि आवश्यक वातावरण बनाउन अनुरोध गरिएको छ ।

    images
    images
    images

    यी हुन, इप्साले देखेका कक्षा ११-१२ दिउँसो संचालन हुँदा उत्पन्न ७ समस्या  :
     
    १) धेरै जसो विद्यार्थी बिहानी कक्षा सञ्चालन भएका पालिकाहरुमा भर्ना हुन गएका कारण देवदहका प्लस टु सञ्चालित विद्यालयहरुमा विद्यार्थी संख्या घट्‌दै गएको ।
    २) कमजोर आर्थिक अवस्था भएका परिवारका विद्यार्थीहरु कमाउँदै र अध्ययन गर्नको लागि समय अनुकूल नहुँदा उच्च शिक्षा हाँसिल गर्नबाट वञ्चित ।
    ३) विद्यार्थीहरुसँग प्रत्यक्षरुपमा जोडिएका व्यापार व्यवसाय (पुस्तक पसल, टेलर्स, पोशाक, जुत्ता पसल, होटल व्यवसाय आदि) तथा बजार चलायमान हुन नसक्दा समग्र देवदहको अर्थतन्त्रमा समेत प्रभाव परेको
    ४) विद्यार्थीहरु नगर बाहिर अध्ययनको लागि जाँदा देवदह भित्रको पूँजी नगर बाहिर गएको जसले गर्दा देवदह नगरको अर्थतन्त्रमा असर पुगेको ।
    ५) बिहानी कक्षा अध्ययन गरी दिवा समयमा विभिन्न सिप विकास तथा पारिवारिक व्यापार व्यवासाय लगायत अतिरिक्त कामहरु गर्न चाहने विद्यार्थीहरु यसबाट वञ्चित हुन पुगेको ।
    ६) विद्यार्थीहरु देवदह नगर भन्दा बाहिर अध्ययनको लागि जाँदा सामान्य सरसफाईको कर्मचारी देखि लिएर दक्ष जनशक्तिहरु समेत रोजगारीको अवसरबाट वञ्चित हुन पुगेको ।
    ७) विद्यार्थीहरु नगर बाहिर जाँदा व्यक्तिगत जीवनको लागि सदुपयोग गर्नुपर्ने समय बिच बाटोको यात्रामा बढी खर्च भएको तथा अनावश्यक फजूर खर्च अभिभावकको बढेको ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।