काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने १९१ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा गण्डकी प्रदेशमा ५ जना, कोशी प्रदेशमा ३ जना तथा मधेश र बागमती प्रदेशमा २-२ जना तथा लुम्बिनी र कर्णाली प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १९१ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २४ जना घाइते भएका छन् भने कोशीमा ४७ जना, काठमाडौँ उपत्यकामा १८ जना, सुदूरपश्चिममा ६ जना, बागमतीमा २१ जना घाइते भएका छन् भने लुम्बिनीमा ५२ जना, कर्णालीमा १३ जना र गण्डकीमा १० जना घाइते भएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology