देवदह । देवदह प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करण अन्तर्गत दशौँ दिनको दोस्रो खेलमा खैरेनी ग्लाडियटर्सले सितलनगर सुपरस्टाइकर्सलाई ५ विकेटले पराजित गरेको छ ।
टस जितेर पहिले फिल्डिङ रोजेको खैरेनीका बलरहरूले कसिलो बलिङ गरेपछि कप्तान बिनोद क्षेत्रीको नेतृत्वमा रहेको सितलनगर सुपरस्टाइकर्स १९.५ ओभरमा १०३ रन बनाउँदा अलआउट हुन पुग्यो ।
१०४ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको कप्तान अर्जुन जिसी नेतृत्वको खैरेनी ग्लाडियटर्सले १८.४ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
खेलको म्यान अफ दि म्याच खैरेनी ग्लाडियटर्सका सेहजाद आलम घोषित भए । उनले बलिङतर्फ ४ ओभरमा ४ विकेट लिनुका साथै ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै मात्र २२ बलमा ४२ रनको महत्वपूर्ण पारि खेले । उत्कृष्ट क्याच प्रदर्शन गर्दै कमल जैसी क्याच द पोलियो ड्रपबाट सम्मानित भए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology