देवदह । देवदह प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करण अन्तर्गत दशौँ दिनको पहिलो खेलमा ढेकावर योद्दाले भलुही राइजिङलाई ४ विकेटले पराजित गर्दै सहज जित दर्ता गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भलुही राइजिङले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७८ रनको सामान्य योगफल तयार पारेको थियो। भलुहीका ब्याटरहरूलाई सस्तैमा समेट्न ढेकावरका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे ।
७९ रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रिएको कप्तान आयुश पङ्गेनी नेतृत्वको ढेकावर योद्दाले आक्रामक सुरुआत गर्दै १३औँ ओभरमै ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।
खेलको म्यान अफ दि म्याच ढेकावर योद्दाका तुल बहादुर थापा घोषित भए । उनले विस्फोटक ब्याटिङ गर्दै मात्र १६ बलमा ४९ रन बनाउनुका साथै बलिङतर्फ २ महत्त्वपूर्ण विकेट लिएर टोलीलाई जिताउन मुख्य भूमिका खेले । त्यस्तै उत्कृष्ट क्याच प्रदर्शन गर्दै रामनाथ कुर्मी क्याच द पोलियो ड्रपबाट सम्मानित भए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology