काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा काठमाडौँ गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ ।
कर्णालीले दिएको १८१ रनको लक्ष्य पछाएको काठमाडौँले १९.४ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
काठमाडौँका लागि रशिद खानले ५० रन बनाए भने कप्तान करण केसीले ४४, जहानदाद खानले २२, आदील आलमले २० र डेभिड वार्नरले १६ रन बनाएका थिए ।
त्यस्तै कर्णालीका बलर सोमपाल कामी र हुसैन तालतले २-२ तथा मार्क वाट र नन्दन यादवले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कर्णाली याक्सले २० ओभरमा ६ विकेट गुमाउदै १८० रन बनाएको थियो ।
कर्णालीका लागि अरिफुल इस्लामले ४४ रन बनाए भने हुसैन तलतले ४० रन बनाएका थिए । त्यस्तै पवन सराफले ३० रन बनाए भने गुलशन झाले २० र मार्क वाटले १७ रन बनाए । त्यसैगरी काठमाडौँका बलर करण केसीले २ विकेट लिए भने शहाब आलम, जहानदाद खान, देव शाह र सनतोष यादवले एक एक विकेट लिए ।
यो काठमाडौँ दोस्रो खेलमा पहिलो जित हो भने कर्णालीको तेस्रो खेलमा पहिलो हार हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology