Logo

२०८३, कार्तिक १५गते


images
images

एनपीएलमा आज दुई खेल हुदै

एनपीएलमा आज दुई खेल हुदै

images
  • एनपीएलमा आज दुई खेल हुदै
    images
    images

    काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदैछ । आज पहिलो खेल अपराहन्न साढे १२ बजेदेखि चितवन राइनोज र लुम्बिनी लायन्सबीच हुदैछ । 

    images
    images
    images

    प्रतियोगितामा लुम्बिनी र चितवनले आ-आफ्नो पहिलो खेल जितेर शानदार शुरुवात गरेका छन् ।  लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो भने चितवनले विराटनगर किंग्सलाई पराजित गरेको थियो । 

    images
    images
    images

    त्यसैगरी आज दोस्रो खेल साँझ ५ बजेदेखि विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच हुदैछ । विराटनगर किंग्सले यसअघिका दुवै खेलमा हार बेहोरेर जित्नै पर्ने दबाबमा खेल्दैछ भने सुदूरपश्चिमले यसअघिका दुई मध्ये एक जित र एक हार बेहोरेको छ । विराटनगर चितवन र कर्णाली याक्ससँग पराजित भएको थियो ।  त्यस्तै सुदूरपश्चिम भने लुम्बिनीसँग पराजित भएको थियो भने पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो ।

    images
    images
    images

    विहिबारदेखि शुरु भएको चक्रबात 'अर्नब' को प्रभावका कारण बर्षा भइरहेकाले आजको खेललाई प्रभाव पार्नसक्ने अनुमान गरिएको छ । शुक्रबार दिनभर काठमाडौँमा बर्षा भएको थियो । 



    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।