Logo

२०८३, कार्तिक ११गते


images
images

देवदह प्रिमियर लिग सुरु, उद्घाटन खेलमा खैरेनी र ढेकावर विजयी

देवदह प्रिमियर लिग सुरु, उद्घाटन खेलमा खैरेनी र ढेकावर विजयी

images
  • देवदह प्रिमियर लिग सुरु, उद्घाटन खेलमा खैरेनी र ढेकावर विजयी
    images
    images

    देवदह । देवदह प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करण सुरु भएको छ । प्रतियोगिताको शनिबार देवदह नगर प्रमुख ध्रुर्ब प्रसाद खरेलले उद्घाटन गरेका हुन् । खैरेनी ग्लाडियटर्स र टटेरा डाइनामाइट्स बिच भएको उद्घाटन खेलमा २८ रनले खैरेनी विजयी भएको छ । टस जितेर फिल्डिङ रोजेको टटेरासामु खैरेनीले ११५ रनको लक्ष्य पेश गरेको थियो । खेलको सुरुवात देखि नै दवावमा परेको टटेराले निर्धारित ओभरमा ८७ रनमा मात्रै बनाउन सक्यो । खेलको म्यान अफ म्याच टटेरा विरुद्ध ३ विकेट लिएका अनिल यादव घोषित भए ।

    images
    images
    images

    शनिबार नै भएको दोस्रो खेलमा शंकरपुर सुपरकिङ्ग्सलाई ३ विकेटले पराजित गर्दै ढेकावर योद्धाज् विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको शंकरपुरले ९ विकेट गुमाएर १०५ रन बनाएको थियो । १०६ रनको लक्ष्य पछ्याएको ढेकावरले ७ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

    images
    images
    images

    ८ टिमको सहभागिता रहेको प्रतियोगितामा आइतबारको खेल शित्तलनगर सुपर स्टाइकर्स र विर्ता राइनोज्, भलुही राइजिङ र सिता मेडिकल भवानीपुर रोयल बिच हुनेछ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।