देवदह । देवदह प्रिमियर लिग (डिपिएल)मा शित्तलनगर विजयी भएको छ । मंगलबार सम्पन्न खेलमा भलुहीलाई ७४ रनले पराजित गर्दै शित्तलनगर विजयी भएको हो ।
टस जितेर ब्याटिङ रोजेको शित्तलनगरले १९ दशमलव ५ ओभर खेल्दै सबै विकेट गुमाएर १२१ रनको योगफल तयार पार्यो । १२२ रनको लक्ष्य पछ्याएको भलुही १३ दशमलव २ ओभरमा अल आउट हुँदै ४७ रनमा समेटियो ।
भलुही विरुद्धको खेलमा ४ विकेट लिदै म्यान अफ द म्याच शित्तलनगरका जितेन्द्र शाहानी घोषित भए ।
यस अघि भएको खेलमा भवानीपुरलाई २२ रनले पराजित गर्दै विर्ता विजयी भएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको विर्ताले अल आउट हुँदै १२७ रनको योगफल तयार पारेको थियो ।
१२८ रनको लक्ष्य पाएको भवानीपुरले सबै विकेट गुमाएर १०५ रन मात्रै बनाउन सक्यो । खेलको म्यान अफ द म्याच ४९ बलमा ४४ रन बनाएका विर्ताका रमजान अलि घोषित भए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology