Logo

२०८३, कार्तिक १४गते


images
images

अन्तर्राष्ट्रिय

के अमेरिकाले इरानमाथि आक्रमणको तयारी गरेको हो ?

के अमेरिकाले इरानमाथि आक्रमणको तयारी गरेको हो ?

images
  • के अमेरिकाले इरानमाथि आक्रमणको तयारी गरेको हो ?
    images
    images

    काठमाडौं । अमेरिकाले पश्चिम एसियामा आफ्नो सैन्य उपस्थिति बढाएपछि इरानमाथि फेरी आक्रमण गर्न सक्ने अड्कलबाजी शुरु भएको छ । पछिल्लो एक सातामा १० भन्दा बढी अमेरिकी सैन्य मालवाहक विमान दक्षिणी इजरायलका सैन्य विमानस्थलमा अवतरण गरेका छन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार पश्चिम एसियाका अमेरिकी सैन्य कमान्डर एडमिरल ब्राड कुपरसँग ह्वाइट हाउसमा भेट गरेका छन् ।

    images
    images
    images

    वाल स्ट्रिट जर्नलका अनुसार भेटमा कुपरले इरानमाथि सम्भावित सैन्य आक्रमणका विकल्पबारे जानकारी गराएका थिए । बैठकमा अमेरिकी रक्षामन्त्री पिट हेगसेथ र संयुक्त सैन्य प्रमुखका अध्यक्ष डान केन पनि सहभागी थिए । 

    images
    images
    images

    अमेरिकाले नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनपछि इरानका ऊर्जा केन्द्र, आणविक केन्द्र तथा क्षेप्यास्त्र र ड्रोन भण्डारलाई लक्षित गरी छोटो तर तीव्र सैन्य कारबाही गर्ने विकल्पबारे छलफल गरिरहेको बताइएको छ ।

    images
    images
    images

    अमेरिकाले इजरायलसँगै साउदी अरब, कतार, कुवेत र जोर्डनस्थित आफ्ना सैन्य अखडामा पनि विमान तथा सैन्य सामग्री पठाएको छ । सम्भावित आक्रमणअघि हवाई सुरक्षा बलियो बनाउन अमेरिकाले प्याट्रियट क्षेप्यास्त्र प्रणालीसमेत पश्चिम एसिया पठाइरहेको समाचारमा उल्लेख छ ।

    यसैबीच अमेरिका र इरानबीच वार्ता पुनः सुरु गर्ने प्रयास पनि भइरहेको बताइएको छ । इरानले अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पत्र प्राप्त गरेको जनाएको छ । तर त्यसको जवाफ दिएको छैन । अर्कोतर्फ, ट्रम्पले उक्त सम्पर्क शान्ति वार्ताका लागि नभई इरानले माग गरेको औषधि तथा अत्यावश्यक सामग्री सहयोगसँग सम्बन्धित रहेको बताएका छन् ।

    यसैबीच, होर्मुज जलडमरूमध्य नजिक तीनवटा तेलवाहक जहाजमा विस्फोट भएर आगलागी भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरले ती जहाजले अनुमति नलिएको समुद्री मार्ग प्रयोग गरेको र सुरक्षा चेतावनी बेवास्ता गरेको दाबी गरेको छ । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आक्रमण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।