Logo

२०८३, कार्तिक १४गते


images
images

समाचार

अण्डाको होलसेल मुल्य बढ्यो

अण्डाको होलसेल मुल्य बढ्यो

images
  • अण्डाको होलसेल मुल्य बढ्यो
    images
    images

    काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन मूल्य बढाएको छ । संघको कात्तिक १२ मा बसेको बैठकले अण्डाको नयाँ समर्थन मूल्य तोकेको संघका महासचिव मदन पोखरेलले जानकारी दिएका छन् । संघले चितवनलाई आधारमानी अण्डाको डिपो/ डिलर होलसेल बिक्रि समर्थन तय गरेको जानकारी दिएको छ ।

    images
    images
    images

    जसअनुसार एक्सएल, ठूलो र मिडियम अन्डाको मूल्य प्रतिपेटी (कार्टुन) रु दुई सय बढेको छ भने सानो अण्डाको मूल्य प्रतिपेटी रु एक सय वृद्धि भएको छ ।

    images
    images
    images

    संघका अनुसार एक्सएल अण्डा (१४:५-१४:८ केजी) को समर्थन मूल्य अब ३९०० पुगेको छ भने ठुलो अण्डा (१३.५-१३.८ केजी) को समर्थन मूल्य ३८०० पुगेको छ । त्यसैगरी मिडियम अण्डा (१२.५- १२.८ किलो) को समर्थन मूल्य ३७०० पुगेको छ भने सानो अण्डा (११+) को ३२०० पुगेको संघले जनाएको छ । यसअघि एक्सएल अण्डाको ३७००, ठुलो अण्डाको ३६००, मिडियम अण्डाको ३५०० र सानो अण्डाको ३१०० रहेको थियो ।

    images
    images
    images

    त्यस्तै, संघले उपभोक्ता मूल्य ठूलो अण्डा प्रतिगोटा २५ र मिडियम अण्डाप्रति दुई वटाको ४५ कायम गरिएको जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अण्डा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।