काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज शुक्रबार नेप्से ५.४५ अंकले घटेर २६९०.१५ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४८ कम्पनिका २ करोड २८ लाख ६२ हजार५५४ कित्ता शेयर ८ अर्ब ८९ करोड १५ लाख ९५ हजार १४५ मा कारोबार भएको थियो । आज विकास बैंक, म्युचुअल फण्ड, निर्जीव बीमा अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी बेनी हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने स्वाभिमान लघुवित्तको शेयर १२.११ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी मेन्छियाम हाइड्रोको शेयर ४.०८ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी लुम्बिनी विकास बैंकको ३८ करोड ४८ लाख बराबरको कारोबार भएको छ भने शिभम सिमेन्टको ३० करोड ३९ लाख बराबरको कारोबार भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology