Logo

२०८३, श्रावण २७गते


images
images

दिल्लीकी मुख्यमन्त्री गुप्तामाथि आक्रमण

दिल्लीकी मुख्यमन्त्री गुप्तामाथि आक्रमण

images
  • दिल्लीकी मुख्यमन्त्री गुप्तामाथि आक्रमण
    images
    images

    काठमाडौँ । भारतको दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि आक्रमण भएको छ । यो घटना दिल्लीको मुख्यमन्त्री निवासमै  भएको हो ।

    images
    images
    images

    मुख्यमन्त्री रेखा सीएम हाउसमा सार्वजनिक सुनुवाइ गरिरहेकी थिइन् । त्यस क्रममा ३५ वर्षीय एक व्यक्तिले उनीमाथि आक्रमण गरेको र प्रहरीले आरोपी आक्रमणकारीलाई पक्राउ गरेको भारतीय समाचार एजेन्सी एएनआइले जनाएको छ ।

    images
    images
    images

    भाजपाले दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि बुधवार बिहान सिभिल लाइन्सस्थित उनको सरकारी निवासमा आयोजित 'जन सुनवाई' कार्यक्रमको क्रममा आक्रमण भएको बताएको छ । भारतीय जनता पार्टीले यो सम्पूर्ण घटनाको निन्दा गरेको छ।

    images
    images
    images

    सार्वजनिक सुनुवाइको क्रममा आक्रमणकारीले पहिले मुख्यमन्त्री गुप्तालाई केही कागजात दिएको र त्यसपछि उनीमाथि आक्रमण गरेका थिए । दिल्ली प्रहरीले आक्रमण गरेका एक व्यक्तिलाई पक्राउ गरेको छ, आक्रमणकारीलाई सिभिल लाइन्स प्रहरी चौकीमा लगिएको बताएको बताएको छ  ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आक्रमण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।