Logo

२०८३, श्रावण २७गते


images
images

इरान–इजरायल युद्ध

अमेरिकाले इरानविरुद्ध अकारण आक्रमण गर्यो- पुटिन

अमेरिकाले इरानविरुद्ध अकारण आक्रमण गर्यो- पुटिन

images
  • अमेरिकाले इरानविरुद्ध अकारण आक्रमण गर्यो- पुटिन
    images
    images

    काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका विदेशमन्त्री अब्बास अराघचीबीच भेटवार्ता भएको छ ।

    images
    images
    images

    भेटपछि पुटिनले रुसको सरकारी समाचार च्यानलमा भने- 'यो इरानविरुद्ध पूर्णतया अकारण आक्रमण हो, जसको कुनै आधार र वैध कारण छैन ।' पुटिनले अगाडी भनेका छन्- 'म धेरै खुसी छु कि तपाईं (अब्बास अराघची) आज मस्कोमा हुनुहुन्छ । यसले हामीलाई यी सबै कठिन मुद्दाहरूमा छलफल गर्ने र आजको परिस्थितिबाट कसरी बाहिर निस्कने भन्ने बारेमा सँगै सोच्ने अवसर दिनेछ ।'

    images
    images
    images

    इरानका विदेशमन्त्री अराघचीले रुससँग इरानको धेरै नजिकको र मैत्रीपूर्ण सम्बन्ध रहेको बताउदै यी सम्बन्धहरूले अब 'रणनीतिक रूप' लिएको दाबि गरेका छन् ।

    images
    images
    images

    अराघचीले इजरायल र अमेरिकाले गरेको आक्रमणले अन्तर्राष्ट्रिय नियम र मान्यताहरूको उल्लङ्घन गरेको फेरी बताएका छन् ।

    यस वर्षको सुरुमा, रुसी राष्ट्रपति पुटिन र इरानी राष्ट्रपति मसूद पेजेश्कियान बीच रणनीतिक साझेदारी सम्झौतामा पनि हस्ताक्षर भएको थियो । तर यो सैन्य गठबन्धन होइन र यसले रूसलाई तेहरानको रक्षा गर्न बाध्य पार्दैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आक्रमण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।