Logo

२०८३, आश्विन २७गते


images
images

अपराध

मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

images
  • मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ
    images
    images

    मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका-५, कार्कीवाडामा खुडा प्रहार गरी ७५ वर्षीय धनबिर कामीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    images
    images
    images

    प्रहरीका अनुसार मंगलबार बिहान करिब ८: २० बजे सोही स्थानका ३२ वर्षीय अजबिर कामीले धनबिरमाथि धारिलो हतियार खुडा प्रहार गरेका थिए । गम्भीर घाइते भएका धनबिरलाई उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

    images
    images
    images

    घटनापछि फरार भएका अजबिरको खोजीमा जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायब उपरीक्षक रविराज थपलियाको नेतृत्वमा प्रहरी टोली परिचालन भएको थियो ।

    images
    images
    images

    प्रहरी टोलीले बिहान करिब ९: ३० बजे छायाँनाथ रारा नगरपालिका–३ स्थित रारा ताल जाने जंगलमा भागिरहेको अवस्थामा उनलाई खुडासहित नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।