Logo

२०८३, आश्विन २७गते


images
images

अन्तर्राष्ट्रिय

अमेरिकाले युद्धमा हस्तक्षेप गरे पीडादायी जवाफ दिने हुथी समूहको चेतावनी

अमेरिकाले युद्धमा हस्तक्षेप गरे पीडादायी जवाफ दिने हुथी समूहको चेतावनी

images
  • अमेरिकाले युद्धमा हस्तक्षेप गरे पीडादायी जवाफ दिने हुथी समूहको चेतावनी
    images
    images

    काठमाडौँ । यमनमा जारी युद्धमा अमेरिका सहभागी भए पीडादायी जवाफ दिने हुथी समूहले चेतावनी दिएको छ । हुथी समूहका राजनीतिक ब्युरो सदस्य मोहम्मद अल बुखाइतीले अमेरिकाले यमनमाथि आक्रमण गरे त्यसको तत्काल जवाफ दिइने बताएका छन् ।

    images
    images
    images

    साउदी अरबका तेल केन्द्र, विमानस्थल र अन्य पूर्वाधारमा हुथी समूहले लगातार आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबलाई सहयोग गर्दै हुथीविरुद्धको आक्रमणमा सहभागी हुने सम्भावना विचार गरिरहेको बताएका थिए ।

    images
    images
    images

    शनिबार रियादस्थित विमानस्थलमा भएको आक्रमणमा १३ जनाको मृत्यु भएको थियो भने सयौँ घाइते भएका थिए । त्यसपछि साउदी अरबमा सुरक्षा सतर्कता बढाइएको छ । सोमबार साउदी नेतृत्वको सैन्य गठबन्धनले यमन सीमानजिक खमिस मुशैततर्फ प्रहार गरिएका दुईवटा क्षेप्यास्त्र रोकिएको जनाएको छ । हुथी समूहले भने साउदीका तेल केन्द्र र विमानस्थललाई पनि लक्षित गर्ने चेतावनी दिएको छ ।

    images
    images
    images

    आक्रमणको जोखिमका कारण एतिहाद र गल्फ एयरले रियादका उडान रद्द गरेका छन् । अमेरिकी दूतावासले पनि साउदी अरबमा हवाई यात्रा गर्दा सावधानी अपनाउन आफ्ना नागरिकलाई आग्रह गरेको छ ।

    संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टुर्कले साउदी अरबमाथिका लगातार आक्रमणप्रति चिन्ता व्यक्त गर्दै दुवै पक्षलाई तनाव कम गर्न आग्रह गरेका छन् । यमनमा लामो समयदेखि जारी युद्धले देशमा गम्भीर मानवीय सङ्कट निम्त्याएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हुथी समूह
  • # अमेरिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।