Logo

२०८३, आश्विन ९गते


images
images

अपराध

फरुवाले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

फरुवाले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

images
  • फरुवाले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ
    images
    images

    सुर्खेत । चौकुने गाउँपालिका-५ रेक्चामा फरुवाले टाउकोमा प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा उनका श्रीमान् पक्राउ परेका छन् ।

    images
    images
    images

    प्रहरीका अनुसार ३२ वर्षीय गोपीराम जैसीले घरमै आफ्नी ३० वर्षीया श्रीमती चन्द्रा देवकोटा जैसीको टाउकोमा फरुवाले प्रहार गरेका थिए । गम्भीर घाइते भएकी चन्द्राको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

    images
    images
    images

    घटनाबारे वडा सदस्य टपेन्द्र बुढा क्षेत्रीले जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षक भूपेन्द्र शाहीको नेतृत्वमा सोकोसहितको टोलीसमेत खटिएको थियो ।

    images
    images
    images

    घटनामा संलग्न गोपीरामलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।