काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीलाई नेकपा एमालेको वरिष्ठ नेता बनेकी छन् । पार्टीको सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेतामा मनोनीत गर्ने प्रस्ताव गरेपछि सो प्रस्ताव केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिएको हो ।
पार्टी पुर्नगठनको बहस सतहमा आएर अप्ठ्यारोमा परेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई वरिष्ठ नेतामा प्रस्ताव गरेका हुन् ।
त्यस्तै सचिवालय बैठकपछि बसेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरू मनोनीत गरिएको जानकारी गराइएको छ ।
अध्यक्ष ओलीले काशीनाथ अधिकारी, देवराज घिमिरे, बिमला घिमिरे, शिवमाया तुम्बाहाम्फे, हरि घिमिरे, प्रेम दंगाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, शान्तिलाल महत, नन्दलाल देवकोटा, पाल्तेन शेर्पा जी गुरुङ, बिनोद पाण्डे, पुष्पा श्रेष्ठ, जानुका सिम्खडा, कौशला खत्री, मोहमद इस्तियाक राई, प्रमोद यादव, डा. अब्दुल हुसैन, भवानी खापुङ, दीपक साउद, जया गोले, बाबी चाम्लिङ, श्रीप्रसाद शर्मा, धर्म निरौला, ध्रुवराज बिष्ट, अर्जुन राई, धर्म गिरी र जी. गुरुङ केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology