Logo

२०८३, मंसिर ६गते


images
images

समाचार

कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ

कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ

images
  • कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ
    images

    काठमाडौं । दक्षिण कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक गणेश पाण्डे पक्राउ परेका छन् ।

    images
    images
    images

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आफ्ना छोरालाई कोरिया पठाइदिने भन्दै दुई वर्षदेखि अलपत्र पारेको भन्दै एक महिलाले प्रधानमन्त्री तथा गृहमन्त्रीसमक्ष सामाजिक सञ्जालमार्फत कारबाहीको माग गरेकी थिइन्। उक्त भिडियोबारे अनुसन्धान गर्ने क्रममा कन्सल्टेन्सीका सञ्चालक २८ बर्षिय  नुवाकोटको बेलकोटगढी नगरपालिका-११ का पाण्डेलाई पक्राउ गरिएको हो ।

    images
    images

    प्रहरीले असोज २० गते काठमाडौं महानगरपालिका-२६ रानीबारी चोकबाट पाण्डेलाई नियन्त्रणमा लिएको र उनीमाथि ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    images

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।