Logo

२०८३, आश्विन २७गते


images
images

आर्थिक वृद्धिदर

बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४ प्रतिशत, कृषि उत्पादनमा ७.८ प्रतिशतले गिरावट

बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४ प्रतिशत, कृषि उत्पादनमा ७.८ प्रतिशतले गिरावट

images
  • बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४ प्रतिशत, कृषि उत्पादनमा ७.८ प्रतिशतले गिरावट
    images
    images

    काठमाडौँ । बागमती प्रदेशको आर्थिक वृद्धिदर चालु आर्थिक वर्ष २०८२/८३ मा ५.४ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको ‘बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन’ अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा प्रदेशको आर्थिक वृद्धिदर ५.२९ प्रतिशत रहेको थियो ।

    images
    images
    images

    राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक अनुमानअनुसार चालु आर्थिक वर्षमा नेपालको समग्र आर्थिक वृद्धिदर भने ३.८५ प्रतिशत रहनेछ । अघिल्लो आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.४३ प्रतिशत रहेको संशोधित अनुमान छ । यसले राष्ट्रिय अर्थतन्त्रको तुलनामा बागमती प्रदेशको आर्थिक वृद्धिदर उच्च रहने देखाएको छ ।

    images
    images
    images

    प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ११.२३ प्रतिशत, उद्योगको १२.२४ प्रतिशत र सेवा क्षेत्रको ७६.५३ प्रतिशत रहने अनुमान छ । यसले प्रदेशको अर्थतन्त्रमा सेवा क्षेत्रको प्रमुख भूमिका रहेको देखाउछ ।

    images
    images
    images

    कृषि उत्पादनमा गिरावट

    प्रतिवेदनले बागमती प्रदेशको कृषि क्षेत्रमा मिश्रित अवस्था देखाएको छ । आर्थिक वर्ष २०८२/८३ मा खाद्यान्न तथा अन्य बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले घटेको छ । समग्र बाली उत्पादनमा पनि ७.८ प्रतिशतले गिरावट आएको छ ।

    यद्यपि, प्रमुख खाद्यान्न बालीमध्ये धानको उत्पादन ०.४ प्रतिशत, मकैको ०.३ प्रतिशत, गहुँको २.५ प्रतिशत, कोदोको ०.३ प्रतिशत, जौको १३.६ प्रतिशत र फापरको २.५ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । तरकारी तथा बागवानी उत्पादन २.८ प्रतिशतले बढेको छ ।पशुपन्छीजन्य उत्पादनतर्फ दूध उत्पादन ०.७ प्रतिशत र मासु उत्पादन ३.१ प्रतिशतले बढेको छ । तर अण्डा उत्पादन भने ८.३ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रमा ३.३ प्रतिशत कर्जा प्रवाह भएको छ ।

    कृषि उत्पादनको समग्र परिमाण घट्नुले खेतीयोग्य क्षेत्रको उपयोग, उत्पादन क्षमता र कृषि क्षेत्रको दिगोपनामा चुनौती रहेको संकेत गर्छ । धान, मकै र गहुँजस्ता प्रमुख बालीमा सामान्य वृद्धि देखिए पनि समग्र उत्पादनमा आएको गिरावटले कृषि क्षेत्रको अवस्था एकरूप नरहेको देखाएको छ ।

    उद्योगको क्षमता उपयोग बढ्यो

    औद्योगिक क्षेत्रमा भने उत्पादन क्षमता उपयोगमा सुधार आएको छ । प्रतिवेदनमा समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग आर्थिक वर्ष २०८२/८३ मा ४१.०८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो उपयोग ३७.४९ प्रतिशत थियो । यसले उद्योगहरूले अघिल्लो वर्षको तुलनामा उपलब्ध उत्पादन क्षमताको बढी उपयोग गरेको देखाउँछ । तर औसत क्षमता उपयोग अझै ५० प्रतिशतभन्दा कम रहेकाले उद्योगहरूको पूर्ण क्षमतामा उत्पादन सञ्चालन हुन नसकेको प्रतिवेदनका तथ्याङ्कले देखाउँछन् ।

    बैंक तथा वित्तीय संस्थाले बागमती प्रदेशमा प्रवाह गरेको कुल कर्जामध्ये औद्योगिक कर्जाको हिस्सा ३६.८१ प्रतिशत रहेको छ । प्रदेशमा औद्योगिक गतिविधि र कर्जा प्रवाहको महत्त्वपूर्ण हिस्सा रहे पनि उद्योगको उत्पादन क्षमता अझ प्रभावकारी रूपमा उपयोग गर्ने सम्भावना देखिन्छ ।

    होटलको औसत क्षमता उपयोग ४७.९ प्रतिशत

    सेवा क्षेत्रअन्तर्गत अध्ययनका लागि छनोट गरिएका होटलहरूको औसत क्षमता उपयोग ४७.९ प्रतिशत रहेको छ । प्रतिवेदनअनुसार २०८२ कात्तिकदेखि होटलहरूको क्षमता उपयोगमा क्रमिक सुधार देखिएको छ । यस अवधिमा घरजग्गा रजिस्ट्रेसनको सङ्ख्या ९.६ प्रतिशतले बढेको भए पनि रजिस्ट्रेसनबाट प्राप्त राजस्व भने १६.८ प्रतिशतले घटेको छ । कारोबारको सङ्ख्या बढ्दा पनि राजस्व घटेको तथ्यले घरजग्गा क्षेत्रबाट प्राप्त सरकारी आम्दानीमा कमी आएको देखाउँछ ।

    बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप २०८२ असार मसान्तको तुलनामा २०८३ असार मसान्तमा ९.७९ प्रतिशतले बढेको छ । सोही अवधिमा कर्जा प्रवाह ९.०७ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । यसले प्रदेशको वित्तीय क्षेत्रमा निक्षेप र कर्जा दुवै विस्तार भएको देखाउँछ । यातायात क्षेत्रमा सवारीसाधन दर्ताको सङ्ख्या समीक्षा वर्षमा २० प्रतिशतले बढेको छ ।

    सडक र पुल निर्माणमा प्रगति

    पूर्वाधारतर्फ आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशमा ४९.५८ किलोमिटर नयाँ सडक निर्माण भएको छ । यस अवधिमा ग्राभेल सडक १४३.६९ किलोमिटर र कालोपत्रे सडक ११७.९२ किलोमिटर स्तरोन्नति गरिएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, समीक्षा वर्षमा ४४ वटा सडक पुल र ६ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । सडक निर्माण तथा स्तरोन्नति र पुल निर्माणले प्रदेशको यातायात पूर्वाधार विस्तारमा प्रगति भएको देखाउँछ ।

    वैदेशिक रोजगारीमा जानेको सङ्ख्या एक लाख २९ हजारभन्दा बढी

    प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशबाट एक लाख २९ हजार ६५१ जना वैदेशिक रोजगारीमा गएका छन् । यो देशभरको कुल श्रम स्वीकृतिको १६.३७ प्रतिशत हो । यसै अवधिमा राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत बागमती प्रदेशमा चार हजार ३४८ जनाले रोजगारी प्राप्त गरेका छन् । यी तथ्याङ्कले प्रदेशमा वैदेशिक रोजगारीको महत्त्वपूर्ण भूमिका रहेको देखाउँछन् ।

    प्रदेश सरकारको बजेट खर्च ६८.१८ प्रतिशत

    आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेश सरकारले कुल ६७ अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसको ६८.१८ प्रतिशत अर्थात् करिब ४६ अर्ब रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । २०८३ असार मसान्तसम्म प्रदेश सरकारले ३० अर्ब ६७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । बजेट विनियोजनको तुलनामा खर्चको अनुपात ६८.१८ प्रतिशत रहँदा विनियोजित बजेटको करिब एक तिहाइ खर्च हुन बाँकी रहेको देखिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।