Logo

२०८३, आश्विन ९गते


images
images

रुरुक्षेत्रको थाम्कीडाँडामा ट्री-हाउस निर्माण : होमस्टे र जिपलाईन संचानलको तयारी

रुरुक्षेत्रको थाम्कीडाँडामा ट्री-हाउस निर्माण : होमस्टे र जिपलाईन संचानलको तयारी

images
  • रुरुक्षेत्रको थाम्कीडाँडामा ट्री-हाउस निर्माण : होमस्टे र जिपलाईन संचानलको तयारी
    images
    images

    माधव ज्ञवाली, गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा  आन्तरिक पर्यटक बढ्ने विश्वास गरिएको  छ । गाउँपालिकाको वडा न.५ थाम्की डाँडामा ट्री-हाउस बनेपछि रुरुक्षेत्र आउने पर्यटकको संख्या वृद्धि हुने त्यहाँका स्थानीयले विश्वास गरेका  हुन् ।

    images
    images
    images

    सल्लोको रुखमा फलामको भर्याङ राखेर ५६ फिट अग्लो (छाना सहित) रुखमा बनाइएको घरबाट घ्युवेशी फाँट, नवनिर्मित गाउँपालिका भवन , रिडि, भार्से लगायत बिभिन्न स्थलहरु हेर्न सकिने भएकाले थाम्की डाँडा पर्यटकको रोजाइमा पर्ने विश्वास  उनिहरुको  छ । त्यति मात्र हैन धान  झुल्ने बेलामा घ्युवेशी फाँटको दृश्यले  थप आकर्षित बनाउने उनिहरु बताउँछन् ।

    images
    images
    images

    IMG-20220704-WA0004.jpg

    images
    images
    images

    ट्री–हाउस निर्माणका लागि गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष यदु ज्ञवालीको पहलमा लुम्बिनी प्रदेश पर्यटन विकास बोर्डबाट २० लाख रकम विनियोजन भएकोमा वि.स २०७८ को अन्त्यदेखि  निर्माण कार्य सुरु गरिएको ट्री–हाउस निर्माण समिती अध्यक्ष युवा नेता किसन पाण्डेले बताए।

    उनका अनुसार बढ्दो महङ्गिका कारण केही घाटामा काम गरिरहनुपरेको छ भने घर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। समय अनुकुल मिले यहि श्रावण १ गतेदेखि पर्यटकको लागि खुला गरिने उनको भनाई छ। ट्री–हाउस बाहेक त्यस वरिपरि फुलबारी, ट्रस्ट लगायतका काम भने बाकी रहेको तर अहिलेको बजेटले नधान्ने उनले जानकारी दिए।

    थाम्की डाँडामा निर्माण भएको ट्री–हाउस चढेर बिभिन्न स्थानका दृश्यावलोकन गर्न सकिने भएपछि आन्तरिक पर्यटकहरुको घुइँचो लाग्ने  विश्वास उनको छ । रुरु ५ स्थित बनेको सो ट्री- हाउस भन्दा केही माथी एउटा डाँडो छ जुन धार्मिक, ऐतिहासिक एवं पर्यटकीय हिसाबले परिचित छ, त्यो हो बम्घकोट।

    received_304088015195029.jpeg

    पर्यटकिय महत्वले अघि बढिरहेको बम्घाकोट र थाम्की डांडालाई जोड्न सकिए  यस् क्षेत्रलाई नै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने उनको भनाई छ। त्यसको लागि अब छिट्टै यस् क्षेत्रमा विज्ञहरुको टोलिद्वारा जिपलाईनको सम्भाव्यता अध्ययन गरिने र संभावना रह्यो भने छिटोभन्दा छिटो थाम्की डाँडा र बम्घाकोटलाई जोड्ने गरि जिपलाईन संचालनमा ल्याइने गरि पुर्व योजना रहेको उनले बताए।

    received_420098496708235.jpeg

    अहिले आन्तरिक पर्यटकहरु बम्घाकोट घुम्नको लागि बिदाको दिन त्यहाँ पुगिरहेका हुन्छन् । बम्घाकोटलाई पनि थप पर्यटकीय गन्तव्य बनाउने गरि प्रयासहरु भइरहेका छन् । यदि जिपलाईन संचालनमा ल्याउन सके यस् क्षेत्रमा दैनिक ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिने पाण्डेले बताए।

    received_1045867782721739.jpeg

    ट्री- हाउस भन्दा केही माथी थुप्रै खाली जग्गा छ, जुन आजसम्म प्रयोगमा आइरहेको छैन। त्यस खाली स्थानलाई पिक्निक स्पोर्टको रुपमा अघि बढाई क्याम्प फायरिङको समेत व्यवस्था मिलाउने गरि आफुहरुको योजना रहेको ट्री- हाउस निर्माण समिती अध्यक्ष पाण्डेले बताए।

     

    त्यस क्षेत्रका स्थानीयको आर्थिक अवस्थालाई मध्यनजर गर्दै थाम्की डाँडा आसपासमा सामुहिक कृषि, सामुहिक  मौरीपालन र सामुहिक फलफुल खेती गर्ने गरि योजना अघि बढाइएको बताउँदै अहिले  प्राविधिक धारतर्फ कृषि बाली पठनपाठन भइरहेको जनबोध नमुमा मा.वि र श्रृङ्गिश्वर क्याम्पसलाई कृषि क्याम्पसको रुपमा विकास गरि त्यहाँका विद्यार्थीहरुलाई यसै क्षेत्रमा आई प्रयोगात्मक क्रियाकलाप र ओजेटी गर्न  सक्ने वातावरण मिलाउने बृहत योजना रहेको बताउँदै ट्री- हाउस आसपास रहेका कु-काठलाई नष्ट गरि विभिन्न फलफुल, टिमुर,  सुनकाउली लगायत उत्पादनसँग जोडिने बोटबिरुवा लगाइने उनले जानकारी दिए।

    IMG-20220704-WA0000.jpg

    बम्घाकोटको टाइनडाडामा होमस्टे संचालनमा ल्याई घुम्न आउने पर्यटकको लागि बस्ने बासको समेत ब्यवस्था गर्ने गरि योजना बनाइएको र यस् क्षेत्रमा केही होटल, रिसोर्ट पनि संचालनमा ल्याउने प्रयास रहने उनने बताए।

     

    ट्री- हाउस भन्दा केही तल एउटा पोखरी निर्माण भइरहेको छ,जसलाई लभ पोखरी नाम दिइएको छ। लभ आकार (पानको पात) मा निर्माण हुन लागिरहेको उक्त पोखरीले पनि त्यहा थप आकर्षण थप्ने विश्वास धेरैले लिएका छन् । पोखरी निर्माणका लागि पर्यटन विकास बोर्डबाट थप १५ लाख बजेट बिनियोजन भएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताए।

     

    आन्तरिक पर्यटनको सम्भावना बढिरहँदा बम्घाकोट र पर्यटकको गन्तव्यको रुपमा अघि बढेको थाम्की डाँडा सम्म पुग्ने कुनै पनि सडक स्तरीय नभएको उनको भनाई छ। काहुले, गाङ्दी र चौताराबाट ती स्थानमा पुग्न सकिने तर कुनै पनि सडक स्तरीय नभएको उनले बताए। यी तीन मध्य सुरुमा कम्तिमा एउटा बाटोलाई स्तरीय बनाउन सके पर्यटनमा केही टेवा पुग्ने उनले बताए। यी सबै बाटोलाई स्तरीय बनाउने काममा आफुले सक्दो पहल गर्ने पनि उनले बताएका छन् । नवनिर्मित ट्री- हाउस नजिकै सार्वजनिक सौचालय र पानी आउँदा ओत लाग्ने ट्रस्ट पहिलो आवश्यकता रहेको उनको भनाई छ ।

     

    रुरुक्षेत्र गाउँपालिका घुम्न आउने पर्यटक आफ्नो पुरै १ दिन यहीँ भित्र नै घुमेर दिन बिताउन सक्ने गरि गाउँपालिकमा थप पर्यटकीय सम्भावना बोकेका अन्य स्थान अध्ययन गरि कार्यक्रम अघि बढाइने पनि उनले बताए। ट्री- हाउस निर्माणमा २० प्रतिशत जनश्रम खर्चिएको छ। जसमा वडा न.४ बलेटक्सारका गाङ्दी,सौरिकोट र रास्लुङ साथै बम्घाको केही भागले ट्री- हाउस निर्माणमा श्रम खर्चिएको  छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।