Logo

२०८३, आश्विन ९गते


images
images

उद्योग वाणिज्य

बुटवल उ.वा.संघको साधारण सभा तथा अधिवेशनको मिति परिवर्तन

बुटवल उ.वा.संघको साधारण सभा तथा अधिवेशनको मिति परिवर्तन

images
  • बुटवल उ.वा.संघको साधारण सभा तथा अधिवेशनको मिति परिवर्तन
    images
    images
    बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको साधारण सभा तथा अधिवेशनको मिति २ दिन सारिएको छ । सोमबार बसेको कार्यसमिति बैठकले संघको ७३ औं वार्षिक साधारण सभा तथा २६ औं अधिवेशन यहि असोजको २३ देखि २६ गतेसम्म सम्पन्न गर्नेगरी पूर्व निर्धारित मितिमा सामान्य हेरफेर गरेको हो ।
     
    यस अंगाडि यहि असोजको २१-२३ गते गर्नेगरी मिति तय गरिएको थियो । बैठकले साधारण सभा तथा अधिवेशनको तयारी तथा कार्यालयबाट गर्नुपर्ने कामको व्यवस्थापन लगायतका कारण पूर्वनिर्धारित मितिलाई हेरफेर गर्नुपरेको महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।
     
    संघका अध्यक्ष हरिप्रसाद अर्यालयको अध्यक्षतामा बसेको बैठकले साधारण सभा तथा अधिवेशनको मिति हेरफेर गर्नुका साथै साधारण सभा नविकरणको लागि पनि २ दिन समय थप गरिएको छ । साधारण सभा तथा अधिवेशनको मिति २ दिन पर सार्दा सदस्यता नविकरणको मिति पनि २ दिन थप गरिएको हो ।
     
    संघको सदस्यता नविकरणको लागि आज (असोज ५ गते) सम्म समय रहेकोमा अव बुधबार (असोज ७ गते) सम्म थप गरिएको छ । 
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।