Logo

२०८३, श्रावण २७गते


images
images

कोलिय देवदह सहकारीको सेवा केन्द्र स्तरीय साधारण सभा

कोलिय देवदह सहकारीको सेवा केन्द्र स्तरीय साधारण सभा

images
  • कोलिय देवदह सहकारीको सेवा केन्द्र स्तरीय साधारण सभा
    images
    images

    देवदह  । कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्र स्तरीय १९ औं बार्षिक साधारण सभा शुरु गरेको छ ।  सहकारीले पहिलो चरणमा खैरेनी सेवा केन्द्र, शितलनगर सेवा केन्द्र र घोडाहा सेवा केन्द्रको बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

    images
    images
    images

    १८ हजार १ सय ७७ जना शेयर सदस्य रहेको कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाले बार्षिक रुपमा १ अरव ५२ करोड ३४ लाख २९ हजार बरावरको कारोवार गरेको जनाएको छ । सहकारीले बार्षिक सभामा भावी योजनाको वारेमा जानकारी दिदै आर्थिक बर्ष २०८१÷०८२ मा १ हजार ८ सय शेयर सदस्य बृद्धि गर्ने लक्ष्य लिएको छ । 

    images
    images
    images

    यसैगरी आर्थिक बर्ष २०८१÷०८२ मा ६ करोड ९० लाख पुजी बृद्धि गर्ने लक्ष्य लिएको व्यवस्थापक विनोद पराजुलीले जानकारी दिए ।  घोडाहा सेवा केन्द्रको साधारण सभालाई सम्बोधन गर्दै देवदह नगरपालिका प्रमुख ध्रुवप्रसाद  खरेलले सहकारीहरुले उत्पादन क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताए । 

    images
    images
    images

    सहकारी संस्थाको सल्लाहकार समेत रहेका खरेलले उत्पादन बृद्धि विना समृद्ध राष्ट्र निर्माण गर्न नसकिने बताउदै सहकारीहरुले शेयर सदस्यहरुलाई ज्ञान र सीप प्रदान गरी उद्यमी बनाउनु पर्नेमा जोड दिए । 

    घोडाहा सेवा केन्द्रका संयोजक खैराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पुर्वअध्यक्ष जयकिशन अधिकारी, संस्थाका सचिव कृष्णराज पौडेल, सल्लाहकार रुका सापकोटा लगायतले आ–आफना भनाई राखेका थिए । विष्णु भट्टराईको स्वागत र खिमकली न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    यसैगरी शितलनगर सेवा केन्द्रमा सेवा केन्द्रका संयोजक ताराप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पुर्वअध्यक्ष कृष्णप्रसाद पौडेल, संस्थाका कोषाध्यक्ष हरि भण्डारी, सल्लाहकार विष्णुप्रसाद पौडेल, शेयर सदस्य देउप्रकाश राई लगायतले आ–आफना भनाई राखे । सेवा केन्द्रका संचालक सदस्य रीता थापाको स्वागत र सहव्यवस्थापक बुद्धिसाग अर्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    त्यसैगरी खैरेनी सेवा केन्द्रमा सेवा केन्द्रका संयोजक पार्वती न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक सुवकान्त न्यौपाने, संस्थाका अध्यक्ष ऋषिराम सापकोटा, सल्लाहकार प्रकाश अर्याल, सल्लाहकार ईश्वरी ढुंगाना, पुर्व लेखा संयोजक गणेश डुम्रे, पुर्व सचिव हरिप्रसाद पाण्डे लगायतले आ–आफना भनाई  राखे  । koliya ghodaha.jfif

    कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारण सभाको अवसरमा स्वास्थ्य शिविर समेत सम्पन्न गरेको छ । खैरेनी सेवा केन्द्र र शितलनगर सेवा केन्द्रमा स्वास्थ्य शिविर सम्पन्न गरेको हो । लायन्स क्लब अफ देवदहद्वारा संचालित स्वास्थ्य शिविरमा १५३ जनाको सुगर तथा ब्लड प्रेसर परिक्षण गरिएको क्लबका सचिव पवन पौडेलले जानकारी दिए । 

    तिन वटै सेवा केन्द्रको बार्षिक साधारण सभामा जेष्ठ शेयर सदस्यहरुलाई नगद सहीत सम्मान गरिएको व्यवस्थापक विनोद पराजुलीले जानकारी दिए । संचालक हिरादेवी चापागाईको स्वागत र व्यवस्थापक विनोद परालुलीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।