देवदह । देवदह नगरपालिकामा अवस्थित नवप्रभात महिला बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । देवदह-७ शितलनरस्थित अपाङ्ग सेवा केन्द्रको सभाहलमा शनिबार सहकारीले साधारण सभा सम्पन्न गरेको हो ।
साधारण सभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष निर्मला अधिकारीले साविक देवदह र केरवानी गाउँ विकास समितिमा रहेका महिलाको आर्थिक रूपान्तरणको लागि स्थापना भएको सहकारीले महिला नेतृत्वको चौतर्फी विकासमा काम गरिरहेको बताईन् । १७ वर्ष अघि २५ जना महिलाले सुरु गरेको सहकारीमा हाल ८११ जना महिला शेयर सदस्य छन् ।
कुल शेयर पुँजी ८९ लाख ८ हजार ५०० रहेको सहकारीले आर्थिक वर्ष २०८०/०८१ मा १९ लाख ४२ हजार २६६ रुपैयाँ खुद नाफा गरेको साधारणसभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
साधारण सभाले अध्यक्ष अधिकारीद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष शान्ति थापाको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
कार्यक्रममा जिल्ला राष्ट्रिय सहकारी महासंघ संचालन सदस्य टिका न्यौपाने, रुपन्देही बचत संघ व्यवस्थापक सर्मिला भट्टराई, निर्माण सहकारीका व्यवस्थापक सुशिला भट्टराई, पानबारी बाख्रापालनका अध्यक्ष माया सापकोटा, शेयर सदस्यको तर्फबाट यमकला पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology