देवदह । देवदह नगरपालिका वडा नम्बर ७ स्थित नवप्रभात महिला बचत तथा ऋण सहकारी संस्थाले १५औ स्थापना दिवसको अवसरमा शुकबार शुभकामना आदानप्रदानसंगै निशुल्क पाठेघर र बाझोपन सम्बन्धि परिक्षण तथा उपचार शिविर सन्चाल गरेको छ।
सो अवसरमा बोल्दै देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले महिलाहरूले संचालन गरेको सहकारीले १५औ बर्ष पुरा गरेकोमा बधाई ज्ञापन गर्दै महिला स्वास्थ्य सम्बन्धि महत्वपुर्ण शिविर संचालन गरेकोमा खुसि व्यक्त गरिन।
उक्त स्वास्थ्य शिविरमा ५० जना महिलाहरूले स्वाथ्य परिक्षण गरेका थिए। कार्यक्रममा सहकारीका अध्यक्ष निर्मला अधिकारीको अध्यक्षता, सचिव भगवती शर्माको संचालन तथा उपाध्यक्ष तुलसा मरासिनीको स्वागत मन्तव्य रहेको थियो।
स्वास्थ्य शिविरमा लुम्बिनी प्रादेशिक अस्पतालका स्त्री रोग विशेषज्ञ डा बिष्णु गौतमले महिलाहरूको स्वास्थ्य परिक्षण गरेकी थिईन।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology