Logo

२०८३, श्रावण २७गते


images
images

पल्लवी सहकारी संस्थाको १३औं वार्षिक साधारण सभा सम्पन्न

पल्लवी सहकारी संस्थाको १३औं वार्षिक साधारण सभा सम्पन्न

images
  • पल्लवी सहकारी संस्थाको १३औं वार्षिक साधारण सभा सम्पन्न
    images
    images

    देवदह । देवदहमा संचालित पल्लवी बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ । देवदह-७ ओम दर्शन पार्टी प्यालेसमा शनिबार सहकारीको १३ औं वार्षिक साधारण सभाको मूल समारोह सम्पन्न भएको हो । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले सहकारी आर्थिक विकासको मेरुदण्ड बन्नुपर्ने बताए । सहकारी समृद्धिको आधार रहेको उल्लेख गर्दै उनले सहकारीको उद्धेश्य अनुसार कार्य सम्पादन गर्न आग्रह गरे । 'सहकारी बदनाम हुनुको पछाडि संचालक समितिले सहकारीका सिद्धान्त  अनुशरण नगरेर नै  हो ।' उनले भने, 'सहकारीलाई बदनाम हुनबाट जोगाउन शेयर सदस्य र संचालक समिति सबै इमान्दार हुन जरुरी छ ।'

    images
    images
    images

    ४ हजार ६०२ जना शेयर सदस्य रहेको पल्लवी सहकारीको कुल पुँजी ३६ करोड ८८ लाख ९६ हजार २८१ रुपैयाँ छ । सहकारीको बचत निक्षेप २९ करोड ४० लाख ९७ हजार ३६७ रुपैयाँ रहेको छ भने जगेडा कोषमा एक करोड ७८ लाख ९३ हजार ५९ रुपैयाँ रहेको छ । ऋण लगानी २८ करोड ७५ लाख ६८ हजार ७३ रुपैयाँ रहेको सहकारीको तरलता २२ दशमलव ५५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । 

    images
    images
    images

    साधारण सभाले संस्थाका अध्यक्ष प्रमोद खनालको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष जगनाथ अधिकारीको आर्थिक प्रतिवेदन तथा लेखा समितिको प्रतिवेदन पारित गरेको छ । 

    चार वटा सेवा केन्द्र रहेको सहकारीले यसअघि असोज ३ गते बिहिबार चरंगे र भवानीपुर सेवा केन्द्र तथा असोज ५ गते शनिबार ६ नं र शितलनगर तथा खैरेनी सेवा केन्द्रको साधारण सभा सम्पन्न गरेको थियो । 

    कार्यक्रममा निर्माण बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष मोतिलाल ढकाल, संस्थाका पुर्व अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।  

    संस्थाका अध्यक्ष प्रमोद खनालको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष कृष्ण  प्रसाद गैरेको स्वागत मन्तव्य तथा सचिव शिवप्रसाद पाठकको संचालन रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।