Logo

२०८३, आश्विन ९गते


images
images

दलित पत्रकार संघ रुपन्देहीको अध्यक्षमा सुनार, दुई पत्रकार नगदसहित पुरस्कृत

दलित पत्रकार संघ रुपन्देहीको अध्यक्षमा सुनार, दुई पत्रकार नगदसहित पुरस्कृत

images
  • दलित पत्रकार संघ रुपन्देहीको अध्यक्षमा सुनार, दुई पत्रकार नगदसहित पुरस्कृत
    images
    images

    बुटवल । राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुपन्देहीको तेस्रो अधिवेशन सोमबार नयाँ नेतृत्व चयन गदैै सकिएको छ । पुनः टंक सुनारको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मतरुपमा चयन गर्दै अधिवेशन सकिएको हो ।  

    images
    images
    images

    समितिको उपाध्यक्षमा सुरेश परियार, सचिवमा कृष्ण रणपाल, सहसचिवमा गोविन्द रसाईली, कोषाध्यक्षमा ज्ञान कुमारी विक सर्वसम्मतरुपमा चयन भएका छन् । 

    images
    images
    images

    त्यस्तै गरी कार्यसमिति सदस्यहरुमा प्रमोद नेपाली, मनिषा बस्याल नेपाली र भोजेन्द्र नेपाली चयन भएका छन् भने एक जना सदस्य पछि संघको पहिलो बैठकबाट मनोनयन गरिने भएको छ । 

    images
    images
    images

    यसअघि आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै बुटवल उपमहानगरका  नगरप्रमुख खेलराज पाण्डेयले जातीय पहिचानको पेशा पछाडि परेर युवाहरु बेरोजगार भएको  बताउँदै पेशा संरक्षण हुन आवश्यक रहेको बताए । उनले पेशालाई समयसंगै आधुनिकीकरण गर्न सक्नुपर्ने बताउँदै विसे नगर्चीको योगदानको बारेमा चर्चा गरेका थिए । उनले उपमहानगरपालिकाले रोजगारसंग प्रत्यक्ष सरोकार राख्ने किसिमका विभिन्न तालीमहरु प्रदान गरेको बताए ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले बोल्दै रुपन्देहीमा दलित पत्रकारहरुको संख्या तुलनात्मकरुपमा धेरै भएपनि गुणात्मक रुपमा अगाडि बढ्नु पर्ने बताए । उनले पत्रकार महासंघले सधै सहकार्य गर्ने बताए ।

    कार्यक्रममा राष्ट्रिय समाचार समितिका पूर्व केन्द्रीय अध्यक्ष तथा वरिष्ठ पत्रकार डा बालकृष्ण चापागाईंले बोल्दै २१ औं शताब्दीमा पनि जातीय विभेद हुनु अत्यन्तै दुःखद भएको बताए । उनले यसको अन्त्य र समतामुलक समाज निर्माणका लागि  आफू सधै लागिरहेको बताए । 

    मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सल्लाहकार गोविन्द खनालले बोल्दै दलित अधिकार नै मानव अधिकार भएको बताए । उनले शान्ति समाजले जातीय विभेदका विषयमा सधै पहलकदमी गरेको बताए ।

    त्यस्तैगरी राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष विनोद परियारले बोल्दै रुपन्देही शाखाले सम्मान गरेकोमा खुसी व्यक्त गर्दै पुरस्कार सौजन्य गर्ने विसे नगर्ची फाउण्डेशनलाई  धन्यवाद व्यक्त गरेका थिए । उनले आफूले प्राप्त गरेको पुरस्कार राशी संघकै रुपन्देही शाखाको संस्थागत विकासका लागि प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कार्यपालिका सदस्य यम बहादुर सुनार, तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्री, केन्द्रीय सदस्य चिन्ता परियार, संयुक्त दलित संघर्ष समितिका अध्यक्ष हरिओम विश्वकर्मा, विसे नगर्ची एकताको प्रतिक नेपालका अध्यक्ष रामकुमार रणपाल,  प्रेस सेन्टर नेपाल रुपन्देहीका अध्यक्ष विष्णु प्रसाद पोखरेल, प्रेस युनियन रुपन्देहीका उपाध्यक्ष कल्पना तिवारी, आदिवासी जनजाति पत्रकार संघ रुपन्देहीका अध्यक्ष सोनु थापालगायतले बोल्दै दलित पत्रकारहरुको हक अधिकार र संरक्षणका लागि सधै सहकार्य गर्ने बताए ।

     कार्यक्रममा अध्यक्ष टक सुनारले संस्थाको बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्ण रणपालले आर्थिक प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ । संघका उपाध्यक्ष शशी परियारको स्वागत मन्तव्यमा भएको कार्यक्रममा सचिव सुरेश परियारले कार्यक्रमको सञ्चालन गरेका थिए ।

    पत्रकारद्वय परियार र सुनार पुरस्कृत 

    अधिवेशनका अवसरमा  राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुपन्देहीले  बिसे नगर्ची एकताको प्रतिक नेपालसँगको  सहकार्यमा स्थापना गरेको पुरस्कारबाट पत्रकार विनोद परियारलाई पुरस्कृत गरेको छ । 

    जातीय भेदभाव तथा सामाजिक न्यायका पक्षमा कलम चलाएको भन्दै पत्रकार परियारलाई नगद दोसल्ला र प्रमाणपत्रले पुरस्कृत गरिएको हो । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, बिसे नगर्ची एकताको प्रतिक नेपालका अध्यक्ष रामकुमार रणपाल संघका अध्यक्ष टंक सुनारले पुरस्कार प्रदान गरे । 

    नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव समेत रहेका परियार विगत १७ बर्षदेखि पत्रकारितामा क्रियाशिल छन । संघका केन्द्रीय उपाध्यक्ष समेत रहेका परियार नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव समेत हुन । परियार रेडियो जागरण, खस्यौली साप्ताहिक, हिमाल प्रेस लगायतका मिडियामा आबद्ध छन । 

    यस्तै सृजनशिल पत्रकारिता पुरस्कारबाट पत्रकार फूलु सुनार पुरस्कृत भएकी छन् । संघले ओम पाल्पाली सुनचाँदी पसलका सञ्चालक शेरबहादुर गहतराजसँगको सहकार्यमा पुरस्कार स्थापना गरेको हो । सुनारलाई बुटवलका नगरप्रमुख पाण्डेय, संघका अध्यक्ष सुनार र पुरस्कारका संरक्षक गहतराजले नगद सहित दोसल्ला ओढाएर पुरस्कृत गरेका हुन् । विगत एक दशकदेखि पत्रकारितामा सक्रिय सुनार संघको केन्द्रीय सदस्य हुन । सुनार बुद्ध टेलिभिजन जनता टुडेमा आबद्ध छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।