Logo

२०८३, आश्विन ९गते


images
images

समाचार

बुटवल उद्योग वाणिज्य संघले भन्यो - एम.आर.पी कार्यान्वयन गर्न स्पष्टता र समय चाहिन्छ

बुटवल उद्योग वाणिज्य संघले भन्यो - एम.आर.पी कार्यान्वयन गर्न स्पष्टता र समय चाहिन्छ

images
  • बुटवल उद्योग वाणिज्य संघले भन्यो - एम.आर.पी कार्यान्वयन गर्न स्पष्टता र समय चाहिन्छ
    images
    images

    बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले अधिकतम खुद्रा मूल्य (एम.आर.पी.) सम्बन्धी व्यवस्था कार्यान्वयनका लागि स्पष्टता, समय तथा समन्वयको आवश्यकतामा जोड दिएको छ ।

    images
    images
    images

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको सूचनाअनुसार विदेशबाट पैठारी गरी नेपालमा बिक्री वितरण गरिने सम्पूर्ण वस्तुमा अनिवार्य रूपमा एमआरपी उल्लेख गर्नुपर्ने व्यवस्था लागू गरिएको छ । तर संघले यस निर्णयप्रति ध्यानाकर्षण गराउँदै व्यवहारिक कार्यान्वयनमा समस्या देखिएको बताएको हो ।

    images
    images
    images

    संघले बिहिबार प्रेस विज्ञप्ती जारी गरेर तेस्रो मुलुकबाट आयात हुने मालवस्तु नेपाल आइपुग्न सामान्यतया ३० देखि १५० दिन लाग्ने र सूचना जारी भएको छोटो समयभित्र एमआरपी कार्यान्वयन गर्न कठिन हुने जानकारी गराएको छ । साना बजार, सीमित व्यवसायिक क्षमता तथा नियामक निकायबीच समन्वयको कमीका कारण व्यवसायीहरू अन्योलमा परेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    images
    images
    images

    संघका कार्यवाहक अध्यक्ष (उद्योग उपाध्यक्ष) सुरज भट्टराईद्वारा जारी विज्ञप्तीमा एमआरपी कार्यान्वयन उपभोक्ताको हितमा भए पनि तत्कालै लागू गर्दा बजारमा असहजता सिर्जना हुने भएकाले क्रमिक रूपमा लागू गर्न सुझाव दिइएको छ । साथै सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय गरी स्पष्ट मार्गनिर्देशन दिन र पर्याप्त समय उपलब्ध गराउन आग्रह गरिएको छ ।

    संघले भन्सार नाकामा आइपुगेका तथा बाटोमै रहेका सामानका हकमा आगामी आर्थिक वर्षको बजेटमार्फत समाधान खोजी हाललाई भन्सार जाँचपास सहज बनाइदिन समेत सरकारसँग अनुरोध गरेको छ । 

    MRP press release (1).jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।