Logo

२०८३, श्रावण २७गते


images
images

व्यवसायीक बाख्रापालनमा अब्बल  थाेर्गेली कृषक

व्यवसायीक बाख्रापालनमा अब्बल  थाेर्गेली कृषक

images
  • सेतोमसी सहकर्मी
  • व्यवसायीक बाख्रापालनमा अब्बल  थाेर्गेली कृषक
    images
    images

    कृष्ण अन्जान, गुल्मी ।  रुरुक्षेत्र गाउँपालिका वडा न ३ थानपतिकाे बिहार पाेखरा नजिकै बाटामुनि याे क्षेत्रकै उत्कृष्ट किसान माधव श्रेष्ठको घर छ ।
        
        
    कुनै औपचारिक शिक्षा नलिएपनि उनी कृषि र पशुपालनका लागि विशेषज्ञ नै भन्दा फरक पर्दैन ।
       
       
    उनै किसान माधव श्रेष्ठको घर पुग्दा उनी बाख्राकाे स्याहार सुसारमा व्यस्त भेटिए ।
       
        
    आधुनिक खाेरमा रहर लाग्दा माउ, पाठा र पाठी दर्जन जति पालेका श्रेष्ठका खाेर कहिल्यै खालि हुन्नन र वर्षै भरि बाख्रा किनबेच भई रहन्छ ।
       
    २०७१ सालमा स्याङ्जाको पेखुबाट बाेएर जातकाे बाख्राकाे पाठि र पाठाे ल्याएर शुरु गरेका उनकाे याे बाख्रापालनकाे व्यवसाय गाउँमा अरुले सिकेका छन ।
      
       
    उनले पालेका बाख्राकाे जात बाेएर र बाेएर क्रस हुन । बाेका सत्तरी हजार र पाठि पचास हजार सम्ममा बिक्री गरेकाे बताउने श्रेष्ठले बाख्रापालनले राम्रे आम्दानी हुने बताए ।
         
    उनी र उनी जस्तै किसान मिलेर बाख्रापालन समुह बनाएका छन रुरुक्षेत्र गाउँ पालिकाकाे थानपतिमा ।
         
    नवथाेर्गेली  बाख्रा पालन समुहकाे नाम दिईएकाे याे समुहमा पच्चीस जना सदस्य सँगठित छन र याे समूह सँग यतिबेला २ सय पचास भन्दा बढि बाख्रा छन ।
      
        
    संगठित रुपमा रहेकाे नवथाेर्गेली बाख्रा पालन समुहले हरेक महिना प्रति सदस्य पाँचसय रुपैयाँ समूह बचत गर्छ भने बाख्रा बेच्दा एकसय समुहमा राख्नै पर्ने नियम बसालिएकाे छ ।
       
        
    २०७४ सालदेखि शुरु गरिएकाे बाख्रा पालन समुहले हालसम्म ४ लाख समुहकाेषमा जम्मा गरेकाे छ र समुहका सदस्यहरुलाई  ६ प्रतिशतमा ऋण लगानी गरेकाे छ ।
    समुहका किसान हरुलाई आवस्यक गर्जाे टार्न ऋण दिने गरेका छौँ र बाख्राका लागि दाना, दवाई मुलाे सँगै खाेर मर्मत लगाएतमा समुहका सदस्यलाई सजिलै र सस्तो व्याजदरमा रकम प्राप्त हुँदा सहयाेग भएका नवथाेर्गेली बाख्रापालन सनुहका अध्यक्ष समेत रहेका माधव श्रेष्ठले भने ।
       
         
    याे समुहले पालेका पाठा पाठि दाँग ,सल्यान ,रामेछाप ,धादिँग ,
    राेल्पा सँगै गुल्मी र पाल्पा तिर बिक्ने गरेका छन ।
      
        
    घाँस उत्पादनमा  विशेषज्ञता समेत हासिक गरेका माधव श्रेष्ठले सबै किसानहरुलाई बाख्रा पालनका लागि आवस्यक घाँसकाे बीउ समेत उपलब्ध गराउँदै आएका छन ।
      
         
    व्यवसायीक बाख्रापालन गर्ने किसान हरुलाई पशुविमामा बाख्राकाे विमा नगरिँदा दुख लागेको छ । बाख्राकाे विमा गर्न सितिमिति विमा कम्पनीले नमानेकाे बताउँदै उनले भने राज्यले यसकाे व्यवस्था तुरुन्तै गराेस ।
       
       
    जेठताक समुहका लागि  पालेकाे व्याडकाे करिब सय किलाेकाे बाेका मर्दा धेरै दुख लागेका किसान माधव श्रेष्ठले बताए ।
       
       
    विमा भएकाे भए कम्तिमा पनि यसरी नाेक्सान हुँदा क्षतिपूर्ति त हुन्थ्यो तर याे सुविधा छैन कुन निकाएमा भनेर हुन्छ स्थानीय तहले बाख्रामा पनि विमाकाे व्यवस्था हाेस उनकाे माग छ ।
       
    गाउँमै समृद्धिकाे यात्रा खाेजिरहेका नवथाेर्गेली बाख्रा पालन समुहका सदस्यहरुलाई राज्यकाे सँरक्षण र सहयाेगकाे खाँचाे छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केपी ओली
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।