Logo

२०८३, आश्विन ९गते


images
images

दुर्घटना

अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

images
  • अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
    images
    images

    कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका-२, बालापुर मिलनचोकस्थित भित्री सडकमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ ।

    images
    images
    images

    शुक्रबार बिहान हल्लानगरबाट २ नम्बर टोलतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ह १३७८ नम्बरको अटोले बाटो काट्दै गरेका स्थानीय तिर्सना सेन ठकुरीका तीन वर्षीय छोरा शिवम सेन ठकुरीलाई ठक्कर दिएको थियो ।

    images
    images
    images

    दुर्घटनामा टाउको र अनुहारमा चोट लागेका बालकको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल लगिएको थियो। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

    images
    images
    images

    प्रहरीले अटो र चालक ३४ वर्षीया रुपा विकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मृत्यु
  • # अटोको ठक्कर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।