लमजुङ । बेंसीसहर नगरपालिका-६, खरखरेभिरमा पहिरो खस्दा बेंसीसहर-चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
अविरल वर्षापछि गएराति पहिरो खसेपछि मनाङ जोड्ने मुख्य सडक बन्द भएको हो । बेंसीसहरदेखि करिब साढे ३ किलोमिटर दूरीमा सडक अवरुद्ध हुँदा मनाङ तथा मर्स्याङ्दी गाउँपालिकातर्फ जाने सवारीसाधन बाटोमै रोकिएका छन् ।
प्रहरीले लोडर र एक्साभेटर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको जानकारी दिएको छ । सडक खुलाउन समय लाग्न सक्ने भएकाले प्रहरीले यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology