Logo

२०८३, श्रावण २७गते


images
images

सडक अवरुद्ध

काठमाडौँ-मुग्लिन सडकमा तीन ठाउमा पहिरो, सडक दुईतर्फी अवरुद्ध

काठमाडौँ-मुग्लिन सडकमा तीन ठाउमा पहिरो, सडक दुईतर्फी अवरुद्ध

images
  • काठमाडौँ-मुग्लिन सडकमा तीन ठाउमा पहिरो, सडक दुईतर्फी अवरुद्ध
    images
    images

    काठमाडौँ । काठमाडौँ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । बुधबार राति काठमाडौँ-मुग्लिन सडक खण्डमा जवाङखोला, खतौटी र घोप्टेभीरमा पहिरो खसेपछि दुईतर्फी सडक अवरुद्ध भएको छ ।

    images
    images
    images

    प्रहरीले सुरक्षाको कारणले राति पहिरो हटाउन सम्भव नभएको बताएको छ र पहिरो हटाउने कार्य विहिबार बिहान मात्र शुरु हुने बताएको छ ।

    images
    images
    images

    अर्कोतर्फ बाढी पूर्वानुमान तथा पूर्वसूचना महाशाखाले चितवन र तनहुँमा भारी वर्षा भएकोले सतर्क रहन आग्रह गरेको छ ।

    images
    images
    images

    महाशाखाले बुधबार राति चितवन जिल्लास्थित त्रिशुली काली खोला र तनहुँ जिल्लास्थित सखार वर्षा मापन केन्द्रहरुमा भारी बर्षा मापन भएको छ र थप वर्षा हुने सम्भावना रहेकोले, सो क्षेत्र भइ बहने स-साना खोलाहरुमा आकस्मिक बहाब बढ्न सक्ने जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।