Logo

२०८३, आश्विन ९गते


images
images

दुर्घटना

चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

images
  • चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
    images
    images

    चितवन । चितवनको खैरहनी नगरपालिका -०१ तरकारी चोकस्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा बस र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

    images
    images
    images

    शनिबार दिउँसो करिब १२: २३ बजे नारायणघाटबाट बर्दिबासतर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१-०१५ प ३३८५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो ।

    images
    images
    images

    दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ३०/३२ वर्षीय पुरुष र पछाडि सवार अन्दाजी २५/२६ वर्षीया महिला गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर पठाइएकोमा उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको हो । मृतकहरूको नाम, थर र वतन खुल्न बाँकी रहेको छ ।

    images
    images
    images

    बस चालक सर्लाहीको हरिवन नगरपालिका-०८ निवासी ५१ वर्षीय अजयकुमार मास्के र दुवै सवारीसाधन नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चितवन
  • # मृत्यु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।