Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

मुस्ताङमा शङ्कास्पद कन्टेनरसहित आठ चालक पक्राउ

मुस्ताङमा शङ्कास्पद कन्टेनरसहित आठ चालक पक्राउ

images
  • मुस्ताङमा शङ्कास्पद कन्टेनरसहित आठ चालक पक्राउ
    images
    images

    पोखरा । मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोमस्थित पर्यटक जाँच चौकीबाट शङ्कास्पद कन्टेनरसहित आठ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका कन्टेनर र चालकलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय हरिहरभवन, ललितपुर पठाइएको छ ।

    images
    images
    images

    शनिबार दिउँसो करिब १२ बजे जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको टोलीले अवैध वस्तु ओसारपसार भइरहेको सूचनाका आधारमा जोमसोम पर्यटक जाँच चौकीमा विभिन्न कन्टेनरका कागजपत्र जाँच गर्नुका साथै चालकसँग सोधपुछ गरेको थियो ।

    images
    images
    images

    जाँचका क्रममा ती कन्टेनर भन्सार यार्डमा चेकजाँच नगराई सिधै सिल लगाएर ल्याइएको पाइएपछि कन्टेनरभित्र अवैध वस्तु हुन सक्ने आशङ्का गरिएको थियो। त्यसपछि प्रहरीले आठवटै कन्टेनर र चालकलाई नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    नियन्त्रणमा लिइएका कन्टेनरमा ना ६ ख ४७४१ का चालक धादिङको धार्के गाउँपालिका-२ का करिब ३० वर्षीय ईश्वर थापा, को १ ख ५६९६ का चालक दोलखाको शैलुङ गाउँपालिका-३ का करिब ४३ वर्षीय रत्नबहादुर तामाङ र बा प्र ०१-००६ ख २२४८ का चालक दोलखाको भीमेश्वर नगरपालिका-८ का करिब २९ वर्षीय उद्दव बस्नेत रहेका छन् ।

    त्यस्तै, बा प्र ०१-००६ ख ६२७३ का चालक पाल्पाको तानसेन नगरपालिका-८ का करिब ३६ वर्षीय धर्मबहादुर नेपाली, ना ३ ख ७१६० का चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ का करिब ३५ वर्षीय कर्म शेर्पा, ना ६ ख २०२२ का चालक सिन्धुपाल्चोकको जुगल गाउँपालिका-५ का करिब ३३ वर्षीय निरोज नेपाली रहेका छन् ।

    बा प्र ०१-००६ ख ६६११ का चालक काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-८ का करिब २३ वर्षीय विशाल तामाङ र बा प्र ०१-००५ ख २२४५ का चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका करिब ३६ वर्षीय गोपाल श्रेष्ठ पनि नियन्त्रणमा परेका छन्।

    प्रहरीले नियन्त्रणमा लिइएका आठवटै कन्टेनर र चालकलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय हरिहरभवन पठाएको जनाएको छ । कन्टेनरभित्र के-कस्ता वस्तु रहेको छ भन्नेबारे राजस्व अनुसन्धान कार्यालयले थप जाँच तथा अनुसन्धान गर्नेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।