Logo

२०८३, आश्विन १०गते


images
images

जातिय उन्मुलन दिवस : सैनामैनामा कविता प्रतियोगिता गरि मनाईयो

जातिय उन्मुलन दिवस : सैनामैनामा कविता प्रतियोगिता गरि मनाईयो

images
  • जातिय उन्मुलन दिवस : सैनामैनामा कविता प्रतियोगिता गरि मनाईयो
    images
    images

    सुरेश परियार, सैनामैना । आज जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाईएको छ । सो अबसर पारेर रुपन्देहीको सैनामैनामा पनि अन्तर माबी स्तरिय कविता प्रतियोगिताको आयोजना गरिएको छ ।

    images
    images
    images

    एलायन्स क्लब अफ सैनामैनाको आयोजनामा भएको प्रतियोगितामा १२ वि द्यालयले सहभागिता जनाएका थिए । १२ विद्यालयलाई पछि पार्दै रुपन्देही मोर्डन विद्यालयले उपाधी चुमेको छ ।
     
    यस्तै, प्रतियोगितामा कलौनी कान्तिपुर स्कुल द्वितीय र जनकल्याण विद्यालय तृतीय हुन सफल भएको कार्यक्रम संयोजक सुस्मिता परियारले जानकारी दिईन् । 

    images
    images
    images

    प्रथम हुनेले रु.३ हजार नगद राशि, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने द्वितीयले २ हजार राशि र तृतीय हुने विद्यालयले १ हजार नगद सहित ट्रफि, प्रमाणपत्र र  मेडल प्राप्त गरेको हो ।

    images
    images
    images

    सहिद नारायण पोख्रेल क्याम्पस सैनामैनाको सभाहलमा भएको कार्यक्रम एलायन्स क्लब अफ सैनामैनाका अध्यक्ष दिपल काफ्लेको अध्यक्षता, संविधान सभा सदस्य तथा दलित अभियन्ता बिनोद पहाडीको प्रमुख आतिथ्यता तथा क्याम्पस प्रमुख यदुलाल पन्थको विशिष्ट आतिथ्यतामा भएको हो ।

    सोही अबसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी संविधानसभा सदस्य तथा दलित अभियन्ता पहाडीले आज जातीय भेदभाव अन्त्य भएको १६ बर्ष पुग्यो तर अबस्था उस्तै रहेको भन्दै चिन्ता व्यक्त गरेका छ्न । 

    राज्य  एकीकरण देखि संविधान निर्माणसम्म दलित समुदायले खेलेको भुमिका अतुलनीय रहेको स्मरण गराउदै पहाडीले राज्यको मुलधारमा दलित समुदायलाई ल्याउन सबै तहको योगदान रहनु पर्ने उल्लेख गरे । अझै पनि 

    कार्यक्रम क्याम्पस प्रमुख यदुलाल पन्थ, दलित पत्रकार  संघ नेपालका केन्द्रिय सचिब तथा रेडियो नेपालका रिता बुढाथोकीले कविता प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा एलायन्स क्लब अफ गैडहवाका चाटर प्रेसिडेन्ट शिवनाथ बराई, सैनामैना दलित उत्थान समितीका अध्यक्ष अम्बिका परियार लगायतले बोलेका थिए । कार्यक्रममा एलायन्सका महासचिब प्रेम न्यौपानेको सन्चालन रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुपन्देही
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।