कृष्ण अन्जान, गुल्मी । रुरुक्षेत्र गाउँपालिका वडा न ४ बलेटक्सारका २० वर्षिय युवा मनिष सुनार गाउँ पालिका अध्यक्षकाे कुर्सीमा थिए र उनले गाउँपालिकाकाे आर्थिक वर्ष २०७८ /०७९काे याेजना प्रस्तुत गर्दै थिए ।
कालाे टाेपि दौरा सुरुवाल र काेटमा सजिएका मनिषले गाउँपालिकाकाे गाउँसभा प्रक्रियागत रुपमा शुरु गरे ।सभालाई सम्वाेधन गरे । याेजना प्रस्तुत गरे । उपाध्यक्षलाई बजेट प्रस्तुत गर्न लगाए । लेखा समिति र विधायन समिति सबैलाई पालैपालो राेष्ट्रममा उभिएर अफ्नाे भुमिकामा प्रस्तुत हुन मात्र लागाएनन, गाउँ सभामा याेजना कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक माथि छलफल गरियाे र प्रकृयागत रुपमा पारित गरियाे ।
याे देख्दा लाग्थ्याे साँच्चै कुनै गाउँसभा हाे तर याे त राष्ट्रिय युवा परिषदकाे समन्वयमा जिल्ला युवा समिति र रुरुक्षेत्र गाउँपालिकाले रुरुक्षेत्रकाे बलेटक्सारमा आयाेजना गरेकाे युवा केन्द्रित नमुना युवा गाउँ सभाकाे नजारा थियाे ।
रुरुक्षेत्रका ६ वटै वडाहरुका १६ देखि २४ वर्ष सम्मका तीस करिब पच्चीस जना युवाहरूलाई समेटेर जिल्ला युवा समितिले बलेटक्सारमा चार दिवसिय याे नमुना युवा गाउँ सभाकाे मज्जाले अभ्यास मात्र गराएन कि उनिहरु भविष्यका जनप्रतिनिधि बन्न सक्षम बने ।
देश विकासकाे मुल प्रवाहमा युवाहरूको भुमिका र उनिहरुलाई कृयाशिल र जिम्मेवार बनाउन राष्ट्रिय युवा परिषदले जिल्ला युवा समिति र स्थानिय तह सँगकाे समन्वयमा याे नमुना युवा गाउँ सभा कार्यशालाकाे आयाेजना गरेकाे गुल्मी जिल्ला युवा समितिका अध्यक्ष शालिकराम बस्नेतले बताए ।
गुल्मी जिल्लाका १२ वटा स्थानीय निकाय मध्ये रुरुक्षेत्र याे नमुना युवा गाउँ सभाकाे कार्यशालाका लागि छनौट भएकाे र याे कार्यक्रम माघ फागुन तिरै गरिनुपर्नेमा केही समय पछि भएपनि उपयुक्त समयमा भएकाे अध्यक्ष बस्नेतकाे भनाई छ ।
गाउँ सभा के हाे के के प्रक्रिया हुन्छन ? कसरी कार्यक्रम गरिन्छ ? सबै कुरा याे तालिममा सिक्न पाईएकाे भर्खरैमात्र रुरुक्षेत्र ४ बाट वडा सदस्यमा निर्वाचित कार्यशालामा सहभागी भएकि ममता सुनारले भनिन ।
गाउँपालिकामा हुने काम बजेट, सन्चालन प्रक्रियाका समस्या र समाधानका उपाय हरुलाई मज्जाले सिक्ने मौका मिल्नुका साथै भविष्यमा जनप्रतिनिधि हुन अभिप्रेरित पनि गर्याे सहभागी युवा माया पाण्डेलेकाे भनाई थियाे ।
नमुना युवा गाउँसभा कार्यशालाकाे प्रत्यक्ष अवलाेकन गरिरहेका लुम्बिनी प्रदेश साँसद कमलराज श्रेष्ठले कार्यशालाकाे समापन कार्यक्रममा बाेल्दै युवाहरुलाई राजनीतिमा आउन आग्रह गरे ।
एउटा पिँढिले व्यवस्था परिवर्तन गर्छ व्यवस्था परिवर्तनका लागि ध्वँस समेत गर्छ र अर्काे पिँढिले निर्माण गर्छ ,व्यवस्था परिवर्तन भईसकेकाे छ अब युवाहरू राजनीतिमा लागेर देश निर्माणमा अगाडि बढ्नु पर्छ श्रेष्ठको आग्रह थियाे ।
युवाहरु राजनितीमा आउन नचाहने मात्र विदेश जाने पैसा कमाउने शहर तिर विलासिताकाे जीवन जिउने र उतै बसेर गाउँकाे विकास भएन भन्ने हामीले अव तपाईंको काँध जिम्मेवारी दिन्छौं त्यसैले युवाहरु राजनीतिमा आउनु पर्याे साँसद श्रेष्ठको भनाई थियाे ।
कार्यक्रममा बाेल्दै रुरुक्षेत्र गाउँपालिकाकि नवनिर्वाचित उप प्रमुख मिना गौतमले आजका युवा भाेलीका जन प्रतिनिधि हुन र उनिहरुलाई व्यवहारिक ज्ञान दिएर अभिप्रेरित गर्न आवस्यक रहेकाे बताईन्।
युवाहरूलाई सुझाव दिँदै रुरुक्षेत्र गाउँ पालिकाका निवर्तमान प्रमुख निलकण्ठ गौतमले अघिल्लाे पुस्ताले शुरु गरेकाे राजनीतिक विरासत धान्नेकाममा युवाहरु क्रियाशिल हुनुपर्ने बताए ।
जेष्ट १५ गते देखि शुरु भएकाे नमुना युवा गाउँ सभा कार्यक्रमकाे समापन समारोहकाे अध्यक्षता जिल्ला युवा समितका अध्यक्ष शालिकराम बस्नेतले गरेका थिए भने समापन कार्यक्रममा सहभागीकाे तर्फबाट माया पाण्ड ,र विशाल थापा, प्रशिक्षक सराेज खनाल ,रुरुक्षेत्र गाउँ पालिका प्रमुख कार्यकारी अधिकृत पुण्य प्रसाद पौडेल ,नेकपा एमाले रुरुक्षेत्र गाउँ पालिकाका अध्यक्ष फर्सुराम ज्ञवाली नेपाली काँग्रेसका अध्यक्ष देवेन्द्र मल्लले शुभकामना व्यक्त गरेका थिए ।
रुरुक्षेत्र गाउँपालिका स्वास्थ शाखाका प्रमुख छत्र बहादुर अधिकारीकाे स्वागत मन्त्व्य रहेकाे कार्यक्रमकाे सन्चालन रुरुक्षेत्र गाउँ पालिका शिक्षा शाखाका प्रमुख तेज बहादुर कुमालले गरेका थिए ।
समापन कार्यक्रममा रुरुक्षेत्र गाउँ पालिकाका वडा हरुबाट निर्वाचित जन प्रतिनिधि, गाउँ कार्यपालिका सदस्य ,सन्चारकर्मि ,स्थानिय बुद्धिजीवी, महिला, युवाहरुकाे उपस्थिति रहेकाे थियाे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology