Logo

२०८३, आश्विन १०गते


images
images

चुनावमा लोकतन्त्रको हरिबिजोक भयो : ओली

चुनावमा लोकतन्त्रको हरिबिजोक भयो : ओली

images
  • चुनावमा लोकतन्त्रको हरिबिजोक भयो : ओली
    फाइल फोटो
    images
    images

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका क्रममा सत्तारुढ दलले लोकतन्त्रको हरिबिजोक बनाएको आरोप लगाएका छन् । सरकारले पेश गरेको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिंदै अध्यक्ष ‌ओलीले मतदातालाई 
    कतिपय ठाउँमा मत हाल्न नदिइएको, फलानालाई मत नदिए देश दुर्घटनामा पर्ने, आफ्नो पार्टीले नजितेको ठाउँमा बजेट नपठाउने जस्ता गैर लोकतान्त्रिक गतिविधी र धम्की भएको, ठाउँठाउँमा आक्रमण गरिएको जस्ता कुराले लोकतन्त्रको अपमान भएको उनले आरोप लगाए ।

    images
    images
    images

    आफुले जितेको ठाउँमा मात्र विकास र बजेट जान्छ भन्ने धम्कीका बीच डढेलधुरामा मेडिकल कलेज लैजाने कुरा आएको भन्दै ओलीले भने ‘अब डढेलधुरामै मेडिकल कलेज जाने भएछ अब राख्ने चाहिँ कुन पालिकामा हो ? कांग्रेसले जितेकै पालिकामा त होला । प्रधानमन्त्रीकै वडामा चाहिँ केही नजाने भयो क्यार, किनकी त्यहाँ रुखले कुनै पद जितेन । लोकतन्त्रको हरिबिजोक यहाँभन्दा अर्को के हुन्छ ?’  

    images
    images
    images

    मैले उठाएको उम्मेदवारलाई मत नदिए देश दुर्घटनामा जान्छ भन्ने धम्की सुन्दा नागरिकले द्वन्द्वकालको अवस्था स्मरण गरेको र मानिस आतंकित भएको अध्यक्ष ओलीको भनाई छ । 

    images
    images
    images

    चुनावका क्रममा सत्तारुढ दलले राज्यसत्ता र शक्तिको चरम दुरुपयोग गरेको भन्दै सुरक्षाकर्मीहरु पनि माथिको आदेश भन्दै निरीह रहेको दाबी गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केपी ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।