सृजना सेन, प्यूठान । चैते दशै मनाउन घर पुगेका रोल्पा सिर्पका मजदुर पैदल यात्रा गरेर प्यूठान हुंदै मजदुरीमा फर्किएका छन् । घरमा गएको बेला संक्रमण फैलिएपछि रोल्पा लुग्रि गाउँपालिका सिर्पका यूवाहरु मजदुरीका लागि सोमबार पैदल हिडेर अर्घाखांची काममा फर्किएका हुन ।
हिडेरै अर्घाखांची जान लागेको मजदुर प्रकाश केसीले बताए । कोरोना भाइरसका कारण देशभरका मजदुर आफ्ना आफ्ना घर फर्किरहेका बेला उनिहरु भने काममा फर्किएका हुन । उनीहरु रोल्पाको सिर्प बाट प्यूठान हुदै अर्घाखांची मजदुरीका लागि फर्किएका छन ।
बिगत १० बर्ष देखि अर्घाखांची जिल्लामा मजदुरी गर्दै आएका केसीले सिर्पमा भन्दा अर्घाखाचीमा सुरक्षित रहेको बताए उनले भने ‘हामीले काम गर्ने ठाउँ जंगलमा छ मानिसहरु आवत जावत गर्दैनन हामी त्यहाँ सुरक्षित हुन्छौ । बरु घरपरिवारको चिन्ता छ ।’ प्रकाश सँगै मजदुरी गर्नका लागि ६ जना यूवाहरु हिडेका छन् ।
प्रकाश सँगै कक्षा १० मा पढ्दै गरेका रामे घर्ती समेत मजदुरीका लागि हिडेका छन् । घरका जेठा छोरा १५ बर्षिय रामे पढाइ नहुने भएपछि झोलामा किताव बोकेर मजदुरीको लागि जान लागेको बताए उनको बिद्यालय खुलेपछि घर फर्किने योजना रहेको छ ।
लकडाउनका कारण घर चलाउन समस्या हुने भएपछि पैदल हिडेरै जान लागेको अर्का एक मजदुरले बताए उनका अनुसार लकडाउन भएपछि घरखर्च चलाउन समस्या हुने तथा सबै सामाग्री महंगो हुने गाउँमा काम नपाइने भएकाले हिडेरै अर्घाखाचि जान लागेको उनको भनाई छ ।
बिहानै घरमा नास्ता खाएर हिडेका उनीहरु बाटोमा चाउँचाउँ खादै प्यूठान सदरमुकाम खलंगा आईपुग्दा थकित देखिन्थे । ठेकेदारले काममा बोलाएकाले काममा जान लागेका उनीलाई प्यूठान अर्घाखांचीको सिमानामा गाढी आइपुग्ने अर्का मजदुरले बताए । उनले भने "गाडि पठाउछु भनेको छ किन ढाट्लार" ।
दिनभर लगातार हिडेपछि खुट्टा दुखेको उनिहरुले बताए माक्स लगाएपनि आफुहरुलाई ट्याक्टरले चढ्न नदिएको गुनासो समेत गरे । समुहलाई प्रकाशले नेतृत्व गरिरहेका छन् ।
सबैले फेर्ने कपडा सहित एक-एक प्लाष्टिक बोकेका थिए प्रकाशले भने ‘पानी नआएनि बोक्न पनि सजिलो सस्तो पनि पर्ने भएकाले बाटोमै प्लाष्टिक किनेर ल्याएका हौ ।’
केहि मजदुर खुलेरै बोलेपनि केहि मजदुर भने खासै बोल्न चाहेनन् । फोटो खिचौन भन्ने सेतोमसिकर्मीको आग्रहमा अर्का एक मजदुरले भने "फेरि भाइरल भइन्छकि ?"
उनिहरु काममा फर्किन पाउँदा खुशि देखिन्थे अर्का एक यूवाले भने जहान परिवार पाल्न काम नगरे गाह्रो हुन्छनि । उनीहरुले अर्घाखाचीमा खानेपानी आयोजनामा काम गर्नेछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology