Logo

२०८३, आश्विन ९गते


images
images

राजनीति

संसदीय दलको नेता चयन सर्वसम्मत गरौँ, मेरो सहमति छ- अर्जुननरसिंह केसी

संसदीय दलको नेता चयन सर्वसम्मत गरौँ, मेरो सहमति छ- अर्जुननरसिंह केसी

images
  • संसदीय दलको नेता चयन सर्वसम्मत गरौँ, मेरो सहमति छ- अर्जुननरसिंह केसी
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दलको नेताको चयन आफ्नो कारणले ढिला नभएको स्पष्ट गरेका छन् ।

    images
    images
    images

    नेता केसीले स्पष्ट मापदण्ड बनाएर नेता चयन हुनुपर्ने बताउदै युवालाई नेता बनाएपनि आफुलाई अपात्ति नहुने बताएका छन् । उनले सामाजिक सञ्जाल र मिडियामा आफ्ना कारण नेता चयनमा ढिलाई भएको लेखिएको बताउदै त्यसको खण्डन गरेका छन् ।

    images
    images
    images

    उनले सर्बसम्मतिमा बरिष्ठलाई बनाए पनि युवालाई बनाए पनि आफ्नो समर्थन रहने बताउदै प्रत्यक्ष वा समानुपातिक जुनसुकै प्रक्रियाबाट आएका भए पनि सांसद भएपछि विभेद उचित नहुने धारणा राखेका छन् । 

    images
    images
    images

    उनले भनेका छन्- 'मेरो कारण ले ढिलाइ भयो भन्ने वा नाता र नेताका भास्य पनि बाहिर छ्याप्छ्यप्ती आएका छन । यो असत्य र भ्रामक हो । मैले पार्टी भित्र र सार्बजनिक रूपमा नै भनिनै सकेको छु, सहमतिको मापदण्ड बनाउ र सकेसम्म सर्बसम्मती गरौ ! मेरो पुर्ण समर्थन हुनेछ । सबैभन्दा युबालाई गरौ वा सबै भन्दा बरिष्ठलाई,

    उनले संसदीय दलको नेता केवल पद मात्र नभएको बताउदै प्रभावकारी प्रतिपक्षी भूमिका निर्वाह गर्ने जिम्मेवारी भएको र ढिलाइ होइन, परिपक्व र सक्षम निर्णय आवश्यक रहेकोमा जोड दिएका छन् ।

    नेता केसीले सहमती हुन नसके तत्काल निर्वाचन मार्फत निर्णयमा पुग्न र अब ढिलाइ नगर्न समेत आग्रह गरेका छन् । काँग्रेसले सहमति नभएमा बैशाख ४ गते निर्वाचन गरेर भएपनि संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अर्जुननरसिंह केसी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।