Logo

२०८३, आश्विन ९गते


images
images

समाचार

काँग्रेस नेता अर्जुननरसिंह केसी अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य

काँग्रेस नेता अर्जुननरसिंह केसी अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य

images
  • काँग्रेस नेता अर्जुननरसिंह केसी अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सांसद अर्जुननरसिंह केसी अस्पतालबाट डिस्चार्ज भएका छन् । 

    images
    images
    images

    आइतबार संघीय संसदमा प्रधानमन्त्री बालेन्द्र शाहसँगको सवालजवाफ कार्यक्रममा सहभागी हुने क्रममा अचानक अस्वस्थ भएपछि उनलाई धुम्बाराहीस्थित हेम्स अस्पताल पुर्‍याइएको थियो ।

    images
    images
    images

    अस्पतालको आकस्मिक कक्षमा स्वास्थ्य परीक्षण गराएपछि अवस्था सामान्य रहेकाले चिकित्सकको सल्लाहबमोजिम उनी आइतबारै घर फर्किएका हुन्।

    images
    images
    images

    उनको सचिवालयले भनेको छ- 'नेपाली कांग्रेसका आदरणीय नेता माननीय अर्जुननरसिंह केसी आजको संसदमा प्रधानमन्त्रीसँग सवाल जवाफ कार्यक्रममा सहभागी भइरहँदा केही अप्ठ्यारो महसुस भई अस्वस्थ भई हेम्स अस्पतालको आकस्मिक कक्षमा उपचारार्थ हुनुहुन्थ्यो। अस्पतालमा सम्पूर्ण जाँच गरी स्वास्थ्य अवस्था सामान्य भएकोले डाक्टरको सल्लाह बमोजिम उहाँलाई घरमै बसी आराम गर्न मिल्ने भएकोले डिस्चार्ज हुनुभएको छ। उहाँको स्वास्थ्य सामान्य रहेको व्यहोरा अवगत गर्दछु।’

    आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा नेता केसीले उभिएर प्रश्न सोध्न सुरु गरेपछि असहज महसुस गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अर्जुननरसिंह केसी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।