Logo

२०८३, आश्विन ९गते


images
images

प्रचण्ड लक्षित अर्जुननरसिंह केसीको टिप्पणी : ओठे भक्तिको प्रदर्शनले देश बन्दैन

प्रचण्ड लक्षित अर्जुननरसिंह केसीको टिप्पणी : ओठे भक्तिको प्रदर्शनले देश बन्दैन

images
  • प्रचण्ड लक्षित अर्जुननरसिंह केसीको टिप्पणी : ओठे भक्तिको प्रदर्शनले देश बन्दैन
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै ओठे भक्तिको प्रदर्शनले देश नबन्ने बताएका छन् । 

    images
    images
    images

    शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले देश जटिल र चुनौतीपूर्ण परिस्थितिमा रहेको बताए । उनले आम जनतामा निराशा, अविश्वास र आशङ्काको स्थिति रहेको बताए । उनले सरकारमा हुँदा एउटा र सरकार बाहिर जाँदा अर्को कुरा नगर्न पनि अध्यक्ष दाहाललाई सचेत गराए ।

    images
    images
    images

    भ्रष्टाचार नियन्त्रणको निम्ति एउटा निष्पक्ष ढङ्गबाट न्याय दिनसक्ने पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा तीनदेखि ५ जनाको सर्वोच्च शक्ति सम्पन्न समिति गठन गर्न आग्रह केसीले आग्रह गरे । 

    images
    images
    images

    ‘देश अत्यन्त जटिलतम र चुनौतीपूर्ण परिस्थितिमा छ । आम जनतामा निराशा, अविश्वास र आशङ्काको स्थिति छ । दण्ड विहीनता, विधि विहीनता र हामी सुशासनको नाममा निरन्तर ओठे भक्ति त प्रदर्शन गरिरहेका छौँ तर सुशासनको पहिलो र प्रमुख सर्त भनेको भ्रष्टाचार मुक्त समाज हो', उनले भने। 

    प्रचण्डलाई लक्षित गर्दै उनले भने, 'भ्रष्टाचार निवारण गर्न मुखले ओठे भक्ति गरेर मात्रै होइन, अहिलेसम्म नेपालमा चर्चित भ्रष्टाचार, संसदमा उठेका पक्ष, विपक्षले उठेका भ्रष्टाचारको छानविन गर्न नेपाली जनताले चिनेको निष्पक्ष ढङ्गबाट न्याय दिनसक्ने पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा तीनदेखि ५ जनाको सर्वोच्च शक्ति सम्पन्न समिति गठन गरौँ ।’

    नेता केसीले सत्तामा पुगेकाहरूलाई जानीजानी भ्रम फैल्याएर बदनाम गर्न खोजिएको बताए । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अर्जुननरसिंह केसी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।