Logo

२०८३, श्रावण २७गते


images
images

दुर्घटना

रुखको हाँगाले लागेर देवदहमा १ युवाको मृत्यु

रुखको हाँगाले लागेर देवदहमा १ युवाको मृत्यु

images
  • रुखको हाँगाले लागेर देवदहमा १ युवाको मृत्यु
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा रुखको हाँगाले लागेर एक युवाको को ज्यान गएको छ । स्थानीय पाल्पाली सामुदायिक वनमा रुख कटान गर्ने क्रममा रुखको हाँगाले लागेर देवदह-६ केउलीका ३९ बर्षिय हेम बहादुर घर्तीको मृत्यु भएको देवदह प्रहरी चौकीका प्रमुख इन्सपेक्टर भिमसेन विष्टले बताए । 

    images
    images
    images

    सामुदायिक वनमा पुनरोत्पादन कटान अन्तर्गत खडा रुख काटिरहेको बेला विहान ९ः३० बजे अवलोकनका लागि गएका घर्ती रुखको हाँगाले लागेर घाईते भएपछि उनलाई उपचारको लागि स्थानीय देवदह मेडिकल कलेज पुर्याइएको थियो । 

    images
    images
    images

    समूहको कटान मुछान तथा नापजाँच समितिको सदस्य रहेका घर्तीलाई कटान भइरहेको स्थानमा अनुगमनको लागि पुगेका बेला कटान गरिएको रुखको हाँगाले लागेको सामुदायिक वनका अध्यक्ष सरोज थापाले जानकारी दिए । शरिरको पछाडीको भागमा चोट लागेकाले तत्काल उद्धार गरि मेडिकल कलेज पुर्याईए पनि ज्यान जोगाउन नसकिएको अध्यक्ष थापाले बताए । 

    images
    images
    images

    मेडिकल कलेजले मृत घोषणा गरे पश्चात मृतक घर्तीको शव पोष्ट मार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको प्रहरीले जनाएको छ ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मृत्यु
  • # रुख
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।