देवदह । नेकपा माओवादी केन्द्र देवदहले अव्यवस्थित तथा सुकुम्बासी जग्गा नापी प्रक्रियामा वडा नं. ८ लाई छुटाईएको भन्दै आपत्ति जनाएको छ । मंगलबार देवदह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लिराज बेल्बासेलाई ज्ञापन पत्र बुझाउँदै सो पार्टीले ध्यानाकर्षण गराएको हो ।
अन्य वडामा काम हुँदा वडा नं. ८ लाई नियतबश छुटाइएकोले नगरपालिकाको ध्यानाकर्षण गराईएको सो पार्टीका गोविन्द बहादुर क्षेत्री (पृथ्वी) बताए । ८ नम्बरमा धेरै अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या रहेको र अन्य वडाका नागरिकले लालपुर्जा पाउँदा यस वडा नागरिक उक्त सुविधाबाट बन्चित नहोउन भन्ने उद्देश्यले ज्ञापन पत्र बुझाईएको उनको भनाइ छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकिय अधिकृत बेल्वासेले
नियतबश त्यस्तो काम नभएको जानकारी दिंदै सबै वडा समेटिनेमा विश्वस्त हुन अनुरोध गरेका थिए ।
विज्ञप्तिमा माओवादी केन्द्रका क्षेत्रीय सचिव गोविन्द बहादुर क्षेत्री पृथ्वी), नगर उपाध्यक्ष केशर बहादुर पुन, नगर सचिव राम प्रसाद गैरे, वडा इन्चार्ज प्रेम केसी लगायतले हस्तान्तर गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology