Logo

२०८३, श्रावण २७गते


images
images

मनाेमानि ढङ्गले काम गरेकाे भन्दै काँग्रेसले बुझायो पालिकालाई ज्ञापन-पत्र

मनाेमानि ढङ्गले काम गरेकाे भन्दै काँग्रेसले बुझायो पालिकालाई ज्ञापन-पत्र

images
  • मनाेमानि ढङ्गले काम गरेकाे भन्दै काँग्रेसले बुझायो पालिकालाई ज्ञापन-पत्र
    images
    images

    रमेश बहादुर सिह, बझाङ । साइपाल गाउँपालिकाले मनाेमानि ढङ्गले काम गरेकाे भन्दै नेपाली काङ्ग्रेस साइपाल गाँउ कार्य समितिद्धरा ज्ञापनपत्र पेस
    गरेकाे छ । नेपाली काङ्ग्रेस साइपाल गाउँकार्य समितिले  साइपाल गाँउपालिकाकाे कार्यालयमा ज्ञापन पत्रमा बुझाएको हो ।

    images
    images
    images

    सदरमुकाम चैनपुरमा रहेको सम्पर्क कार्यालयमा नेपाल काङ्ग्रेसका नेता कार्यकर्ता र स्थानीयहरुले प्रमुख प्रशासकिय अधिकृत समक्ष ज्ञापन पत्र बुझाएका हुन । नेपाली काङ्ग्रेस साइपाल गाउँ कार्य समितिका सभापति राम बहादुर बाेहराद्वारा हस्ताक्षर ज्ञापन पत्रमा भनिएकाे छ, 'स्थानीय सरकारले भाैगलिक बिकटताकाे कारण जनतालाई सेवा सुविधालाई दिन निकै कठिन भै रहेको छ। त्यसैमाथी स्थानीय सरकारले आफ्नाे मनाेमानि ढङ्गले राजनीतिक पुर्वाग्रह नराखी जनतालाई सेवा सुविधा छिटो छरिताे दिनुपर्नेमा त्यसो गरिएन।'

    images
    images
    images

     वडा नं १, २, ४र  ५ मा छिटो छरितो खाध्य ढुवानी गर्नुपर्ने कर्मचारी भर्ना प्रकृयागत हुनुपर्ने, जनताको सेवा सुविधा छिटो छरितो र सहज बातावरणमा हुनुपर्ने , गाउंँपालिका र प्रत्यक वडाहरुमा नियमित रुपमा वैठक वसाल्नु पर्ने लगायतका माग कांग्रेसले अघि सारेको छ ।

    images
    images
    images

    त्यस्तै सदरमुकाम चैनपुरमा गाउँपालिकाको सम्पर्क कार्यलय आवश्यक मात्र घरभाडा लिनुपर्ने, कर्मचारी ब्यबस्थापन नभएको स्टाफ बैठक बसि कर्मचारीलाई जिम्मेवारि दिनुपर्ने, वडा नम्बर ४ को रामखोला झुपु पुल निर्माणकार्य अगाडी बढाउनुपर्ने, गाउँपाकिकाबाट बिनियोजित बजेट डाेजर खरिद र सडक निर्माणलाई कार्यान्वयन गरिनुपर्ने लगायतका विषय ज्ञापन पत्रमा उल्लेख गरिएका छन् । 

    खानेपानी उपभोक्ता समिति गठनमा गाउँपालिकाले गरेकाे राजनीतिक हस्तक्षेपले स्थानीयहरू हप्ताै दिनसम्म सदरमुकाम चैनपुर आई गाउँपालिकामा कागजपत्र बुझाउदाँ पनि कार्यकारी अधिकृत राधाकृष्ण जाेशी लगायत कर्मचारीहरूले नबुझेर आनाकानी गरी आफुहरूलाई दु:ख दिने काम गरेकाे साइपालगाउँपालिकाका कांग्रेस कार्यकर्ता रामलाल बोहराको आरोप छ। आफुहरुले वडा बाट सम्पूर्ण कागज पत्र ल्याएर गाउँपालिकामा सम्झौता गर्ने आउदा कार्यालयले आनाकानी गरेर आफुहरुलाई दुख दिने गरेको  उनले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।