देवदह । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र देवदह नगर कमिटीको अध्यक्षमा दिपक न्यौपाने चयन भएका छन् । करिव ४ दिनको रस्साकस्सीका बिच युवा नेता न्यौपाने अध्यक्षमा चयन भएका हुन् । नेतृत्वका लागि माओवादी प्रदेश सदस्य तथा नगर इन्चार्ज कल्पना सुवेदीले दावेदारी पेश गरेपनि अन्त्यमा उनी प्रतिष्पर्धाबाट बाहिरिएपछि नेतृत्व न्यौपानेको पोल्टामा पुगेको हो ।
नगरकमिटिको उपाध्यक्षमा केशरबहादुर पुन, पे्रमकला ढकाल र गंगाराम विक निर्वाचित भएका छन् । त्यस्तै सचिवमा होमबहादुर विक, कोषाध्यक्षमा हरिद्धारा यादव र सहसचिवमा तारा ढकाल लगाएत २७ सदस्यीय नगरकमिटी चयन भएको निर्वाचन मण्डलका संयोजक पार्वती अधिकारीले जानकारी दिईन् ।
अध्यक्ष मण्डलका संयोजक मोतिलाल ढकालको अध्यक्षतामा भएको बन्दसत्रमा प्रमुख अतिथि पार्टीका जिल्ला संयोजक निर्मल जिसिले युवाहरुलाई नेतृत्वमा पु¥याउने पार्टीको निती रहेको र सोही बमोजिमको नेतृत्व देवदहले पाएको उल्लेख गरे ।
‘हाम्रो पार्टी जहिले पनि युवाहरुलाई नेतृत्व प्रदान गर्नका लागि आतुर रहने गर्छ, अध्यक्षका दुवै प्रतिष्पर्धी युवा नै हुनुहुन्थ्यो, तर सहमतिमा एक जना युवा चयन हुनुभएको छ, यसमा म खुशी छु ।’ उनले भने, ’तपाईहरुले पाएको जिम्मेवारी ठुलो हो, अव पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न्होला ।’

नेतृत्वमा चयन भएसँगै युवा नेता न्यौपानेले पार्टीलाई एकजुट बनाएर लैजाने, प्रतिबद्धता जनाए । ‘हिजो जनयुद्ध ताका माओवादीले उठाएका जनप्रिय मुद्धाहरुमा नागरिकको जुन किसिमको विश्वास थियो त्यहि सिराबाट अब काम गर्न आवश्यक छ ।’ न्यौपानेले भने, ‘परिवर्तनको सपना देख्ने पार्टी भनेकै माओवादी भएका कारण परिवर्तन पनि उसकै नेतृत्वमा सम्भव छ ।’ जनयुद्ध पछि तितरबितर भएका कार्यकताहरुलाई पार्टीमा गोलबन्द गर्ने आफ्नो पहिलो जिम्मेवारी भएको समेत न्यौपानेले बताए ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य गोविन्द पंगेनी, निर्मला जिसी, क्षेत्र नं १ (क) का संयोजक केदारनाथ काफ्ले लगाएतले शुभकामना व्यक्त गर्दै नवनिर्वाचित नगरकमिटीलाई पार्टीको निती र सिद्धान्त वमोजिम अघि बढ्न सुझाव दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology