Logo

२०८३, आश्विन ११गते


images
images

श्रमजीवी महिलालाई सम्मान गर्याे बुटवल लेडि जेसिजले 

श्रमजीवी महिलालाई सम्मान गर्याे बुटवल लेडि जेसिजले 

images
  • सेतोमसी सहकर्मी
  • श्रमजीवी महिलालाई सम्मान गर्याे बुटवल लेडि जेसिजले 
    images
    images

    कृष्ण अन्जान, बुटवल। आफुले गरेकाे काम सानाे हाेस या ठुलाे मान्छेले त्यसैमा आत्म सम्मान खाेज्छ ।
    ११२ औ अन्तराष्ट्रिय महिला दिवसकाे अवसर पारेर बुटवल लेडि जेसिज ले वास्तविक श्रमजीवी महिलालाई खाेजेर सम्मान मात्र गरेन , उनिहरुकाे आत्म स्वाभिमान बढाउने काम गरेकाे छ ।
    गुल्मीबाट बुटवल झरेर जीवन निर्वाहका लागि रेक्सा चलाउँदै आएकि रुपा सार्की र बुटवलमा लामाे समय शिसु स्याहार गर्दै आएकी उर्मिला चौधरीलाई बुटवल लेडि जेसिजले गरेकाे सम्मान समस्त श्रमजीवी महिला हरुकाे सम्मान काे रुपमा लिन सकिन्छ ।

    images
    images
    images

    समाजसेवा लाई आफ्नो जीवनकाे एउट अँग  बनाएकि बुटवल लेडि जेसिजकी अध्यक्ष अनुपमा श्रेष्ठको र उनकाे टिमकाे याे उत्कृष्ट कदमले  बुटवल लेडि जेसिज समाजसेवा र सेवामुलक कामकाे ब्रान्ड बन्नेमा दुईमत छैन ।
    बुटवल लेडि जेसिजले गरेकाे अौपचारिक कार्यक्रममा बाेल्दै बुटवल उप महानगर पालिका 
    कि उप प्रमुख गुमा देवि आचार्य ले महिला हरु हरेक क्षेत्रमा अव्वलमात्र छैनन हरेक नेतृत्वमा आफुलाई स्थापित गर्न सक्षम रहेकाे बताईन । बुटवल लेडी जेसिजले वास्तविक श्रमजीवी महिलालाई सम्मान गरेर अत्यन्तै सह्राहनिय काम गरेकाे भन्दै  उपप्रमुख आचार्यले प्रशंसा गरिन । 

    images
    images
    images

      कार्यक्रममा बुटवल लेडी जेसिजका संस्थापक अध्यक्ष रेखा कट्टेल,पुर्व अध्यक्ष रूपा पाण्डे ,तिला पाण्डे , कार्यक्रम संयोजक साबित्रा जिसि लगायतले बुटवल लेडि जेसिजले समाजसेवा मा पुर्‍याएकाे याेगदानकाे चर्चा गर्दै याे अभियान जारी रहने बताएका थिए ।

    images
    images
    images

    ११२अौँ अन्ताराष्ट्रिय महिला दिवसकै अवसर पारेर  बुटवल लेडी जेसिजले संयुक्त रक्तदान कार्यक्रमकाे आयाेजना गर्दै मानविय काम समेत गरेकाे छ । 
    सन 1996 सालमा रेखा कट्लेलकाे नेतृत्वमा स्थापना भएकाे बुटवल लेडि जेसिजकाे ढाई दशक भन्दा बढिकाे यात्रा मानविय कार्य र समाजसेवा मा बितेकाे छ र झनै परिमार्जित र व्यवस्थित हुँदै सँस्थाकाे गतिविधि अगाडी बढ्दै छ ।
    विधिकाे शासन ,विश्व वन्धुत्वकाे भावना ,ईश्वरमा आस्था तथा मनावमात्रकाे सेवा लाई आफ्नो उद्देश्य बनाएकाे बुटवल लेडि जेसिजले नेतृत्व र विकासलाई प्राथमिकता राखेकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।