Logo

२०८३, आश्विन १०गते


images
images

एकैदिन रुरुक्षेत्रका २७५ किसानद्वारा पाल्पामा पशुपालन र तरकारी खेतीकाे अवलाेकन 

एकैदिन रुरुक्षेत्रका २७५ किसानद्वारा पाल्पामा पशुपालन र तरकारी खेतीकाे अवलाेकन 

images
  • सेतोमसी सहकर्मी
  • एकैदिन रुरुक्षेत्रका २७५ किसानद्वारा पाल्पामा पशुपालन र तरकारी खेतीकाे अवलाेकन 
    images
    images

    कृष्ण अन्जान, रुरु । साेमवार विहानैदेखि रुरुक्षेत्र गाउँपालिका भित्रका छ वटै वडाहरुमा चहल पहल शुरु भयाे । आठ नबज्दै के महिला के पुरुष हुलका हुल नजिकै पायक पर्ने सडकमा निस्कन थाले । नौ नबज्दै सबैलाई बसमा हालियाे र बलेटक्सारबाट बसहरु छुटे । साढे नौ बजे रिडी बसपार्कमा पनि ग्वादि थाेर्गा याढुँग च्यूरेक भट्कुवाका मान्छे हरु काे ठुलै भिड जम्मा भएकाे थियाे 

    images
    images
    images


    याे दृश्य हेर्दा लाग्थ्यो कि कुनै राजनीतिक पार्टीको आमसभा हाे या कुनै मेला । सयौँ मान्छेहरु त्यहाँ व्यवस्थापन गरिएका बसहरुमा काेहि सिटमा बसे र काेहि उभिए । पाँचवटा बस भरि रूरुक्षेत्र वासिहरुकाे यात्रा पाल्पा तिर शुरु भयाे । received_352757026746228.jpeg

    images
    images
    images

    यि सबै मान्छेहरु अरु काेहि थिएनन रुरुक्षेत्रका अग्रणी पशुपालक र तरकारी खेतीमा लागेका र लाग्ने साेँच बनाएका अगुवा कृषक थिए ।

    images
    images
    images

    सामाजिक विकास श्राेत केन्द्र बलेटक्सारले आयाेजना गरेकाे कृषि तथा पशु उधमशिलता परियाेजना अन्तरगत काे महिला तथा युवा उधमी समुहका लागि अवलाेकन भ्रमणमा रुरुक्षेत्रका करिब २ सय पचहत्तर कृषकहरुले अस्त व्यस्त व्यवस्थापनका बिचपनि पाल्पाको तेल्घा बौवागुम्बा र मदन पाेखरामा बाख्रा पालन र  तरकारी खेतीकाे मज्जाले अवलाेकन गरेका मात्र छैनन केही ज्ञान समेत हासिल गरेका छन ।


    अघिल्लाे वर्ष देखि रुरुक्षेत्रमा हेपर प्राेजेक्ट लागू छ ।मुख्यत भाेकालाई एकगास अन्न हाेईन कि जिउने जुक्ति सिकाउने काममा लागेकाे हेपरले गाउँ गाउँ टाेलटाेल मा बाख्रा समूह र कृषि समूह गठन गरेकाे मात्र छैन किसानका लागि बाख्राका पाठि बितरण गरेकाे छ ।


    तिनै कृषि र बाख्रा पालन समुहमा यसौँ किसान सँगठित छन र तिनै समुहका सदस्य र पदाधिकारी हरुका लागि याे भ्रमण भएकाे परियाेजनाका रमेश ज्ञवालीले बताए ।


    अवलोकनका क्रममा तेल्घामा अत्याधुनिक खाेरमा बाख्रा पालनकाे पशुपालक किसान हरुले अवलाेकन गरेका छन ।हेपर प्राेजेक्टकाे प्राविधिक सहयाेगमा बाख्रा पालन मात्र हाेईन सँकलन केन्द्र र ढुवानीका लागि गाडिकाे पनि व्यवस्थापन गरेकाे छ ।

    received_1594794114221738.jpeg
    तेल्घाकाे सपाँग्दिमा पुग्दा भ्रमण टाेलीलाई तेल्घा आमा समूहले राम्रो स्वागत गरेकाे छ ।
    यसैगरी एउटा टाेलीले पाल्पाको बौवागुम्वा मा एकीकृत कृषि र पशुपालन फार्मकाे अवलाेकन गर्याे ।
    मुख्य रुपले कृषिमा त्याे पनि तरकारी खेतीमा अव्वलता हासिल गरेकाे मदन पाेखराकाे तिन्टीअाँप क्षेत्रमा भ्रमण टाेलीले तरकारी खेतीकाे वैभवता अवलाेकन गर्याे ।


    करिब पचास हेक्टर क्षेत्रमा लगाईएकाे तरकारी खेतीले याे क्षेत्रका किसानहरुले राम्रै अायअार्जन मात्र हाेईन समृद्धि समेत हासिल गरेकाे तानसेन नगरपालिकाका कृषि महाशाखाका प्राविधिक सराेज तिमिल्सिनाले बताए ।


    याे क्षेत्रका तरकारी किसान हरुले वर्षमा स्थानीय सहकारीला प्रति कृषक एक हजार केजि तरकारी उपलब्ध गराउनु पर्ने र बीउ मलकाे व्यवस्थापन सहकारीले र प्राविधिक सहयाेग हेपरकाे साझेदारीमा तानसेन नगरपालिकाले गर्ने गरिएकाे तिमिल्सिनाले बताए ।


    निश्चय पनि पछिल्लो चरणमा कृषि र पशुपालन समृद्धिकाे आधार बन्न सक्छ र भन्ने दरिलाे उदाहरण अवलाेकनका क्रममा पाईएकाे बम्घाका किसान केशव ज्ञवालीले बताए ।

    दिनभरिकाे अवलाेकन यात्रा पछि रुरुक्षेत्रका किसान हरुले पशुपालन र कृषि क्षेत्रकाे केहिज्ञान बाेकेर मध्यरातमा आफ्नो गन्तव्यमा फर्केका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केपी ओली
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।