Logo

२०८३, श्रावण २७गते


images
images

प्रतिनिधिसभा निर्वाचन

म किसान र श्रमजिवी वर्गको प्रनिनिधि बन्न चाहन्छु : उम्मेदवार केसी

म किसान र श्रमजिवी वर्गको प्रनिनिधि बन्न चाहन्छु : उम्मेदवार केसी

images
  • म किसान र श्रमजिवी वर्गको प्रनिनिधि बन्न चाहन्छु : उम्मेदवार केसी
    images
    images

    देवदह । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं १ ले चुनावी प्रचार प्रसार अभियानलाई वडा र टोल केन्द्रित गरेको जनाएको छ । शुक्रबारबाट वडा सम्पर्क कार्यालय उद्घाटन सुरु गरेको कांग्रेसले सनिबार तिलोत्तमा ८, ११ तथा रोहिणी ३ मा निर्वाचन केन्द्रित सम्पर्क कार्यालय स्थापना गरेको छ ।

    images
    images
    images

    कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै कांग्रेसका उम्मेदवार हिरा बहादुर खत्रीले क्षेत्र नं १ मा विकासको गतिलाई तिव्रता दिन आफु चुनावी मैदानमा होमिएको बताए । आफ्नो पार्टीले युवा नेता गगन थापालाई प्रधानमन्त्रीको रुपमा अघि सारेको बताउँदै युवा र भिजनरी नेतृत्वले मात्र देशलाई निकास दिन सक्ने बताए ।

    images
    images
    images

    आफु यस क्षेत्रको विकासमा अहोरात्र खटिएको र यहाँका नागरिकको समस्यासँग परिचित रहेकाले ति समस्या समाधानका लागि आफ्नो उम्मेदवारी रहेको खत्रीले बताए । आँफु नेताको रुपमा नभई यस क्षेत्रका किसान र श्रमजिवी वर्गको प्रनिनिधिको रुपमा रहन चाहेको बताए । 

    images
    images
    images

    कांग्रेसका क्षेत्रीय सभापति समेत रहेका खत्रीले आफ्ना उम्मेदवारलाई नागरिकले प्रश्न गर्नुपर्ने औंल्याए । ‘म तपाईँले गर्ने प्रश्नबाट टाढा रहन चाहन्न, मैले तपाईहरुलाई झुटा सपना बाड्न पनि चाहन्न ।’ उनले भने, ‘म एकपटक तपाईको मन जित्दै तपाईकै प्रतिनिधित्व गरेर प्रतिनिधिसभामा  यस क्षेत्रका समस्या जोडतोडका साथ राख्न चाहन्छु ।’ 

    उम्मेदवार खत्रीले पछिल्लो समय पार्टीमा भएको नेतृत्वको पुस्तान्तरणले समेत नागरिक स्तरमा हौसला बढाएको भन्दै एकढिक्का भएको कांग्रेसले देशव्यापी रुपमा जीत हात पार्दै राजनीतिक दल र सरकारको समेत नेतृत्व गर्ने दावी गरे । 

    कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य तथा प्रदेश सभा सांसद अव्दुल रज्जाक, निर्वाचन परिचालन कमिटि क्षेत्र नं १ का संयोजक हरिप्रसाद काफ्ले, सह–संयोजक वासुदेव रिमाल, विश्वनाथ यादव, नविनराज आयार्य, मदन पोखरेल, सल्लाहकार मणिप्रसाद शर्मा लगाएत नेता, कार्यकर्ता तथा स्थानीय सर्वसाधारणको उपस्थिति रहेको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केसी
  • # रुपन्देही–१
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।