Logo

२०८३, श्रावण २७गते


images
images

महिला टी-२० विश्वकप

महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा दर्शकलाई नि: शुल्क प्रवेश

महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा दर्शकलाई नि: शुल्क प्रवेश

images
  • महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा दर्शकलाई नि: शुल्क प्रवेश
    images
    images

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले भोली देखि शुरु हुने काठमाडौँमा आयोजना हुने आइसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा नि: शुल्क प्रवेशको पाउने घोषणा गरेको छ ।  क्यानले दर्शकलाई टिकट लिन नपर्ने घोषणा गरेको हो । 

    images
    images
    images

    जनवरी १८ देखि फेब्रुअरी १ सम्म आयोजना हुन लागेको ग्लोबल क्वालिफायरमा १० देशले भाग लिदैछन् । १० मध्ये शिर्ष चार देश इङल्याण्डमा २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनौट हुनेछन् ।

    images
    images
    images

    ग्लोबल क्वालिफायरमा समुह ए मा आयरल्याण्ड, स्कटल्याण्ड, थाइल्याण्ड, अमेरिका र जिम्बाबे रहेका छन् भने समुह बी मा बंगलादेश, नामिबिया, नेपाल, नेदरल्याण्डसर पिएनजी रहेका छन् ।

    images
    images
    images

    नेपालले पहिलो खेल थाइल्याण्डविरुद्ध जनवरी १८ मा खेल्ने छ भने दोस्रो खेल जनवरी २२ मा नेदरल्याण्डसविरुद्ध खेल्ने छ । त्यस्तै नेपालले तेस्रो खेल जनवरी २४ मा जिम्बाबेविरुद्ध र जनवरी २६ मा चौथो खेल स्कटल्याण्डविरुद्ध खेल्ने तालिका रहेको छ । 

    यस अघि नेपालले आयरल्याण्ड र अमेरिकासँग वार्मअप खेल खेल्ने छ ।  प्रतियोगिताका खेलहरु टियु क्रिकेट मैदान र अपर मुलपानी क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ ।

    ग्लोबल क्वालिफायरखेल्ने नेपाली टिममा इन्दु बर्मा (कप्तान), पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, राजमती ऐरी र मनिषा उपाध्याय रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महिला टी-२० विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।