Logo

२०८३, श्रावण २७गते


images
images

महिला टी-२० विश्वकप

महिला टी-२० विश्वकप : ग्लोबल क्वालिफायरको सुपर सिक्समा स्कटल्याण्ड र बंगलादेशले विजयी शुरुवात

महिला टी-२० विश्वकप : ग्लोबल क्वालिफायरको सुपर सिक्समा स्कटल्याण्ड र बंगलादेशले विजयी शुरुवात

images
  • महिला टी-२० विश्वकप : ग्लोबल  क्वालिफायरको सुपर सिक्समा स्कटल्याण्ड र बंगलादेशले विजयी शुरुवात
    images
    images

    काठमाडौं । काठमाडौँमा जारी आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायरको सुपर सिक्स अन्तर्गत स्कटल्याण्ड र बंगलादेशले विजयी शुरुवात गरेका छन् ।

    images
    images
    images

    बुधबार सम्पन्न खेलमा स्कटल्याण्डले आयरल्याण्डलाई ३९ रनले पराजित गरेको हो । स्कटल्याण्डले दिएको १६१ रनको लक्ष्य पछाएको आयरल्याण्ड १९.२ ओभरमा अल आउट हुदै १२१ रन मात्र बनाएको थियो ।

    images
    images
    images

    यसअघि स्कटल्याण्डले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १६० रन बनाएको थियो ।

    images
    images
    images

    त्यसैगरी बुधबार सम्पन्न अर्को खेलमा बंगलादेशले थाइल्याण्डलाई ३९ रनले पराजित गरेको छ । बंगलादेशले दिएको १६६ रनको लक्ष्य पछाएको थाइल्याण्डले २० ओभरमा ८ विकेट गुमाउदै १२६ रन बनाएको थियो । यसअघि बंगलादेशले पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

    अब सुपर सिक्स अन्तर्गत आगामी शुक्रबार बंगलादेशले स्कटल्याण्डसँग खेल्ने छ भने थाइल्याण्डले अमेरिकासँग खेल्ने छ । त्यस्तै आयरल्याण्डले नेदरल्याण्डससँग खेल्ने छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महिला टी-२० विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।