Logo

२०८३, श्रावण २७गते


images
images

महिला टी-२० विश्वकप

स्कटल्याण्ड महिला टी-२० विश्वकपमा छनौट : यी हुन् विश्वकप खेल्ने १२ देश

स्कटल्याण्ड महिला टी-२० विश्वकपमा छनौट : यी हुन् विश्वकप खेल्ने १२ देश

images
  • स्कटल्याण्ड महिला टी-२० विश्वकपमा छनौट : यी हुन् विश्वकप खेल्ने १२ देश
    images
    images

    काठमाडौँ । स्कटल्याण्ड आइसीसी महिला टी-२० विश्वकपमा छनौट भएको छ । काठमाडौँमा जारी ग्लोबल क्वालिफायर्स अन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा आइतबार स्कटल्याण्डले अमेरिकालाई ४१ रनले पराजित गर्दै विश्वकपमा छनौट भएको हो ।

    images
    images
    images

    स्कटल्याण्डले दिएको १७९ रनको लक्ष्य पछाएको अमेरिकाले १९ ओभरमा अल आउट हुदै १३७ रन बनाएको थियो । यस अघि स्कटल्याण्डले पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाउदै १७८ रन बनाएको थियो ।

    images
    images
    images

    योसँगै ग्लोबल क्वालिफायर्सबाट स्कटल्याण्डसहित आयरल्याण्ड, बंगलादेश र नेदरल्याण्डस विश्वकपमा छनौट भएका छन् ।

    images
    images
    images

    इङल्याण्डमा आगामी जुन १२ देखि जुलाई ५ सम्म हुने टी-२० विश्वकपमा सहभागी हुने १२ वटै देशको टुंगो लागेको छ ।

    विश्वकपमा आयोजक इङल्याण्ड स्वत छनौट भएको थियो भने २०२४ को टी-२० विश्वकपमा शिर्ष ५ स्थानमा रहेका अस्ट्रेलिया, भारत, न्यूजील्याण्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज सिधै छनौट भएका थिए । त्यस्तै शिर्ष वरियतामा रहेका पाकिस्तान र श्रीलंका पनि सिधै छनौट भएका थिए । त्यस्तै ग्लोबल क्वालिफायर्सबाट स्कटल्याण्डसहित आयरल्याण्ड, बंगलादेश र नेदरल्याण्डस विश्वकपमा छनौट भएका छन् ।            

    नेपाल भने समुह चरणबाटै बाहिरिएर विश्वकपमा स्थान बनाउन असफल भएको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महिला टी-२० विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।